नेपालका दुवै ओपनर आउट
काठमाडौं : नेपालको दोस्रो विकेट पतन भएको छ। ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन्। १२ बलमा उनले ३ चौका प्रहार गरे। यसअघि ओपनर अनिल साह ५ रन बनाएर आउट भएका थिए।
वेस्ट इन्डिज एले नेपाललाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ओभरको खेलमा वेस्ट इन्डिज एले ५ विकेटको क्षतिमा २०४ रन बनाएको हो। वेस्ट इन्डिज एका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए।