स्ट्रेरिङले काम नगर्दा जीप दुर्घटना, ९ जना घाइते (सूचीसहित)

स्ट्रेरिङले काम नगर्दा जीप दुर्घटना, ९ जना घाइते (सूचीसहित)
सुन्नुहोस्

चालक, सहचालक र एक यात्रुकोको अवस्था सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।

रुकुम पूर्व : भूमे गाउँपालिका-८ सिमखोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। आइतबार बिहान ९ बजेतिर भूमे-९ चुनबाङबाट रुकुमकोट आउनेक्रममा सिमखोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्। 

१२ जना सवार रहेकामध्ये भूमे-८ का चन्द्रकुमारी पुन, लक्ष्मी बिक, भरत खड्का, भूमे-९ की प्रमिला पुन मगर, रिमा बुढा मगर, गङ्गा बुढा, नर्मिता पुन, रोल्पा जिल्ला परिवर्तन गाउँपालिका-६ का आभाष बुढा मगर र परिवर्तन-४ की कमला रोका रहेको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिए। सबैको अवस्था मध्यम रहेको निमित्त प्रजिअ आचार्यले बताए । 

हाल घाइतेलाई रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचारत छन्। चालक, सहचालक र एक यात्रुकोको अवस्था सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।

लु १ ज ३५०३ नम्बरको जीप दुर्घटना भएको हो। सडकदेखि करिब ५ मिटर तल जीप खसेको प्रहरीले बताएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा जीपको स्ट्रेरिङले काम नगर्दा दुर्घटना भएको अनुमान गरेको छ। जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले अस्पतालमा पुगि घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.