अन्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकीको निर्णय

अन्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकीको निर्णय
सुन्नुहोस्

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अन्जन श्रेष्ठलाई जिताउनका लागि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मत रूपमा समर्थन गर्ने निर्णय गरेको छ।

शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उम्मेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको हो। 

पोखरा उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट सर्वसम्मत रूपमा जिताउने निर्णय भएको हो। प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा बसेको पहिलो बैठकबाट सो निर्णय गरेको हो।

बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरू, पोखरा उद्योग वाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही जिल्ला-नगरका अध्यक्षहरूको सहभागिता थियो।

कार्यक्रममा आफ्नो धारणा राख्दै श्रेष्ठले उद्योगीहरूको समस्या र चुनौतीहरूलाई समाधान गर्न आफू लागिपर्ने बताए। 

‘गण्डकी प्रदेशका उद्योगी साथीहरूले मलाई सर्वसम्मत उम्मेदवार बनाउनु भएकोमा धन्यवाद दिन्छु। उहाँहरूको भावनालाई कदर गरेर आगामी दिनमा उद्योगी व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहनेछु’, वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले भने।

यही चैत २८ र २९ गते आयोजना हुने नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५७ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.