भारतद्वारा तेल अन्वेषण विस्तार गर्ने योजना
नयाँ दिल्ली (एजेन्सी) : मध्यपूर्वको तनावका कारण ऊर्जा आपूर्तिमा अवरोध आएपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ ।
विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता भारतले अमेरिका–इरान द्वन्द्वका क्रममा ‘स्ट्रेट अफ होर्मुज’मा लागेको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा ठूलो अवरोध सामना गर्नु परेको थियो ।
हाल अमेरिका र इरानबीच युद्ध रोक्ने अस्थायी सहमति भएपछि खाडी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः सुरु भएको छ भने बजारमा मूल्य पनि स्थिर हुन थालेको छ ।
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीले हालसम्म अन्वेषण नगरिएको करिब २ लाख ५० हजार वर्ग किलोमिटर क्षेत्रमा तेल खानी उत्खननका लागि भारत सरकारले बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको जानकारी दिए । भारतको तेल मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२५/२६ मा स्वदेशी कच्चा तेलको उत्पादन २ करोड ५९ लाख ८० हजार मेट्रिकटन रहेको थियो ।
प्रतिक्रिया दिनुहोस !