एमालेले भन्यो- सरकारको १०० दिन फितलो, अपरिपक्व र विवादास्पद (पूर्ण पाठसहित)
काठमाडौं : नेकपा एमालेले बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिन अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद रहेको बताएको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरेर सरकारमाथि नीतिगत र संवैधानिक विचलन देखिएको बताएका छन्।
घोषणापत्र र नीतिमा विरोधाभास हुन्, संविधान संशोधन प्रक्रिया अपारदर्शी हुनु, संघीयताविरोधी अध्यास गर्नू र सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छारिता देखाएको एमालेको आरोप छ। एमालेले सरकारले राष्ट्रियता र कूटनीतिक क्षेत्रमा पनि असफलता हात पारेको बताएको छ। परराष्ट्र नीतिमा गम्भीर चुक भएको उल्लेख गर्दै एमालेले शाह नेतृत्वको सरकार १०० दिनमा पूर्णत असफल भएको बताएको छ।
'आफ्नो १०० बुँदे वाचापत्र र आमजनताको अपेक्षाअनुरुप काम गर्नुको साटो सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा मात्रै सरकारको रुचि देखिएको छ। बिहानीले संकेत गर्छ भनेझैं सय दिनको सरकारको कामले मुलुकको आर्थिक संकट समाधान गर्न र विधिको शासन कायम गर्न यो सरकार पूर्णरूपमा असफल सावित भएको छ,' महासचिव पोखरेलले विज्ञप्तिमा भनेका छन्।
प्रतिक्रिया दिनुहोस !