भारतीय दूतावासको आयोजनामा पोखरामा योगाभ्यास

भारतीय दूतावासको आयोजनामा पोखरामा योगाभ्यास
सुन्नुहोस्

पोखरा : १२ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा योगाभ्यास गर्दै मनाइएको छ ।  भारतीय राजदूतावासको आयोजनामा पर्यटकीय राजधानी पोखराको रङ्गशालामा योगाभ्यास गरेर योग दिवस मनाइएको हो । 

null

यस वर्ष स्वस्थ उमेरका लागि योग भन्ने नाराका साथ योग दिवस विश्वभर मनाइएको छ । प्रत्येक वर्षको जुन २१ मा योग दिवस मनाइन्छ । पोखरा रङ्गशालामा भएको  कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तवसहित ठूलो संख्यामा पोखरेलीको सहभागिता थियो । 

nullभारतीय राजदूतावासको आयोजनामा पोखरामा चौंथो पटक योग दिवस मनाइएको हो । योग अभ्यासपछि पत्रकारसँग कुरा गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वस्थ जीवन, तन्दुरुस्ती र अनुशासनका लागि योग आवश्यक रहेको बताए । 

nullभारतीय राजदूतावासका फस्र्ट सेक्रेटरी वशिष्ठ नन्दनले योग दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी पोखरेलीलाई स्वागत गरेका थिए । यस्ता कार्यक्रमले भारत र नेपालबीचको सम्वन्ध अझै मजबुत हुने पनि उनले बताए । २०१६ देखि २१ जुनमा विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.