सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसररिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीकारूपमा प्रस्तुत भएका ईश्वरी प्रसाद गौतमविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणी गाउँपालिका–७ निवासी गौतमले अनुसन्धानका क्रममा दिएको बयान र आरोपपत्रको व्यहोराविपरीत विशेष अदालतमा बकपत्र गरेका थिए।

यसअघि प्रतिवादी चन्द्रबहादुर अधिकारीसमेत संलग्न घुसकाण्डको अनुसन्धानमा सहयोग गरेकाले गौतमलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो। 

तर, अदालतमा उनले आयोगसमक्ष दिएको बयानविपरीत बकपत्र गरेको पुष्टि भएपछि उनीमाथि पुनः अनुसन्धान गरिएको आयोगले जनाएको छ।

अनुसन्धानबाट अधिकारीलाई ऋण उपलब्ध गराइदिने बहानामा ५० लाख रुपैयाँ घुस माग्ने तथा लिने कार्यमा गौतमको संलग्नता देखिएको भन्दै आयोगले उनीविरुद्ध सोही रकम बराबर बिगो माग गरिएको छ।

कैद र बिगो बराबर जरिवानाको मागदाबीसहित बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.