नुहाउने क्रममा करेन्ट लाग्दा बालिकाको मृत्यु
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिकामा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ । वडा नम्बर-४ नदिपारी टोल बस्ने बिजेन्द्र पटेलको १२ वर्षीया छोरी बर्षा कुमारी पटेललाई आज बिहान करेन्ट लागेर मृत्यु भएको हो।
करेन्ट लागेपछि उपचारको लागि सुकदेव चौकस्थित नेपाल तराई सिटी अस्पतालमा लगिएपनि चेक जाँच गर्ने क्रममा चितित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक आफ्नै घरको कल (धारा) मा नुहाउने क्रममा कलमा जडान भएको मोटरको लाइनबाट करेन्ट लागेको थियो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले उनको शव पोस्टमार्टम पश्चात् परिवारलाई हस्तान्तरण गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !