बेरुजु र अनियमित खर्चको असर मुलुककै अर्थतन्त्रमा : प्रदेश प्रमुख खापुङ

बेरुजु र अनियमित खर्चको असर मुलुककै अर्थतन्त्रमा : प्रदेश प्रमुख खापुङ
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले महालेखा परीक्षकको कार्यालयको सुझाव अनुसार सम्बन्धित निकायले कार्य गरे बेरुजु घटाउन र मितव्ययिता कायम गर्न सहयोग पुग्ने बताएका छन् ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा महालेखापरीक्षक कार्यालय कोशी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को आठौं प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले बेरुजु र अनियमित खर्चले प्रदेशलाई मात्र नभई मुलुककै अर्थतन्त्रलाई प्रभाव पारिरहेकोले महालेखापरीक्षकको कार्यालयको सुझाव अक्षरशः पालना हुनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपालको संविधानको धारा २९४ को उपधारा ३ वमोजिम प्रदेश प्रमुख खापुङलाई नायब महालेखा परीक्षक श्रीकुमार राईले वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका थिए । प्रतिवेदन हस्तान्तरण गर्दै नायब महालेखा परीक्षक राईले कोशी प्रदेश बाग्मती र गण्डकी प्रदेश पछि कम बेरुजु भएको प्रदेश भएको जानकारी दिए ।

कार्यक्रममा आर्थिक वर्ष ०८१ / ८२ मा कोशी प्रदेशमा १ दशमलब शून्य ६ प्रतिशत बेरुजु पाइएको जानकारी दिइएको थियो । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव, कर्मचारी र महालेखा परीक्षकको कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेका थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.