सगरमाथा आरोही सांसद शेर्पा सम्मानित
काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटकसम्म सफल आरोहण गरेका रास्वपा सांसद मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरिएको छ । सङ्घीय संसद्को ‘लोगो’ सहित १० औं पटक सगरमाथा आरोहरण गरेका सांसद शेर्पालाई मंगलबार संघीय संसद सचिवालयले सम्मान गरेको हो ।
कार्यक्रममा सभामुख डीपी अर्याल,राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रमाणपत्रसहित सम्मान गरेका हुन् । सम्मानपछि हिमाल आरोही सांसद शेर्पाले आफूले हिमाल चढ्दा धेरै समस्या र चुनौति देखेको भन्दै अब त्यसलाई समाधान गर्न ध्यान केन्द्रीत गर्ने बताए। उनले संसारभर हालसम्म ७० वटा हिमाल आरोहण गरिसकेको धारणा राखे।
शेर्पाले पछिल्लोपटक जेठ १३ गते बुधबार बिहान ५ बजेर ४० मिनेटमा सगरमाथाको सफल आरोहरण गरेका थिए। यसपटक ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !