बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
काठमाडौं : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-४, पासेवनमा बुहारीलाई खुकरी प्रहार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।
आफ्नै बुहारी कमला माया मगरलाई खुकुरी प्रहार गरेको आरोपमा पासेवनका गंगा बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो। घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंको बिएण्डबि अस्पताल ल्याइएको छ। फरार रहेका गंगा बहादुरलाई प्रहरीले आज पक्राउ गरेको हो।
पक्राउ परेका मगर विरुद्ध रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !