उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार
गोरखा : उत्तरी गोरखाकी एक गम्भीर अबस्थाकी सु्त्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। धार्चे गाउँपालिका-२ केरौँजाकी सुत्केरी बिमला बिकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं थापाथलीस्थित परो पकार प्रसुतीगृह पुर्याइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
२४ वर्षकी बिकलाई सुत्केरी हुँदाको गम्भीर बिरामी(ईक्लामसिया) भएकाले उद्धार गरिएको सप्रजिअ शर्माले जानकारी दिए। बिक १३ दिन अघि सुत्केरी भएकी थिइन् तर बुधबार बिहान एक्कासी बिरामी भएर ढलेको र तत्काल सघन उपचारको खाँचो परेकाले उद्धार गर्नुपरेको धार्चे स्वास्थ्य शाखाका अमृत घलेले जानकारी दिए।
‘यो अवस्थामा तत्काल आईसियूमा राखेर उपचार नगरे ज्यान जाने जोखिम भएकाले दिउसो २ बजेतिर हेलिकोप्टरमा उद्धार गरी काठमाडौं पुर्याइएको हो’, उनले भने, ‘अहिले सुत्केरी महिलाको अबस्था गम्भीर नै छ। केरौंजा स्वास्थ्य चौकीबाट एकजना स्वास्थ्यकर्मी र बिरामी कुरुवा पनि सोही हेलिकोप्टरमा पठाएका छौं।’
प्रतिक्रिया दिनुहोस !