सगरमाथा चढ्ने पहिलो महिला सुरक्षाकर्मी बनिन् सशस्त्रकी अनिता

सगरमाथा चढ्ने पहिलो महिला सुरक्षाकर्मी बनिन् सशस्त्रकी अनिता
सुन्नुहोस्

ओखलढुङ्गा : सशस्त्र प्रहरी बल, नेपालकी महिला खेलाडी एवं सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी नयाँ इतिहास रचेकी छिन् । अनिताले जेठ ३ गते  आइतबार (मे १७) बिहान १० बजेर २० मिनेटमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी हुन् ।

सशस्त्र प्रहरी बलको तर्फबाट सगरमाथाको शिखर चुम्ने उनी तेस्रो एपीएफ कर्मचारी हुन् भने एपीएफका महिला कर्मचारीहरूमध्ये इतिहासमै पहिलो महिला आरोही बन्न सफल भएकी छन् । अनिता सशस्त्र प्रहरी बलमा व्यावसायिक रूपमा आबद्ध एक कुशल खेलाडी समेत हुन् ।

उनी एपीएफको खेलकुद टोलीमा सक्रिय रहँदै विशेष गरी एथलेटिक्स र शारीरिक सुगठन (फिटनेस) विधामा आबद्ध छिन् । खेलकुद क्षेत्रमा प्रदर्शन गर्दै आएको असाधारण शारीरिक क्षमता, सहनशीलता र अनुशासन नै उनको यो ऐतिहासिक हिमाल आरोहणको मुख्य आधार बनेको संगठनले जनाएको छ। खेलकुद मैदानमा प्रदर्शन गरेको ‘स्ट्यामिना’ लाई उनले राष्ट्रिय गौरवको काममा उपयोग गर्दै सफलता प्राप्त गरेकी छन् ।

सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा संगठनको प्रतिनिधित्व गर्दै सगरमाथाको सफल आरोहण गर्ने पहिलो कर्मचारी सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेल हुन्, । उनले २०८१ जेठ ७ गते पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसैगरी, दोस्रो आरोहीका रूपमा सशस्त्र प्रहरी सहायक निरीक्षक (असइ) दन्तबहादुर छत्यालले २०८२ जेठ ५ गते सफल आरोहण गरेका थिए । यस पटक अनिता कार्कीले सफलतापूर्वक शिखर चुमेसँगै उनी सगरमाथा आरोहण गर्ने तेस्रो एपीएफ कर्मचारी र पहिलो एपीएफ महिला आरोही बन्न सफल भएकी हुन् । अनिताको यो सफलताले नेपालका सुरक्षा निकायमा कार्यरत महिला कर्मचारी र समग्र खेलकुद जगतलाई प्रेरणा दिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.