ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु
सुन्नुहोस्

गोरखा : ट्याक्टर दुर्घटना हुँदा गोरखामा १३ वर्षका एक बालकको मृत्यु भएको छ। भीमसेनथापा गाउँपालिका - २ रातामाटेमा ना ६ त ६०५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा भीमसेनथापा - ३ माथिल्लोगाउँका १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको हो ।

गोरखाबजारबाट निर्माण सामग्री बोकेर आरुघाटतर्फ जाँदै गरेको  ट्याक्टर मध्यराती १:३० बजे बाटोबाट करिब ३० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनामा सिरानचोक - ८ जौबारीका ट्याक्टर चालक राजन परियार र विक्रम बस्याल घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा ल्याएकोमा राती ३:३० बजे मृत्यु भएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.