पूर्वाधार विकास कार्यालयका सब इन्जिनियरको गोली हानी हत्या

पूर्वाधार विकास कार्यालयका सब इन्जिनियरको गोली हानी हत्या

मलङ्गवा : सर्लाही सदरमुकाम मलङ्गवामा पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर प्रमोद कुमार यादवलाई गोली हानी हत्या गरिएको छ।

मलङ्गवा-१० स्थित भाडाको घरमा बस्दै आएका यादवलाई मोटरसाइकलमा आएका अपरिचित हतियारधारी व्यक्तिले गोली हानी हत्या गरेको हो। राति करिब ८ बजे यादवमाथि गोली प्रहार गरिएको हो। गोली यादवको बायाँ छातीमा लागेको छ। कोठामा बसिरहेको अवस्थामा हतियारधारी व्यक्तिले फोन गरी कम्पाउण्ड बाहिर बोलाएर गोली हानेको प्रहरीले जानकारी दिएको छ।

गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। यादव सिरहा जिल्लाका सुखिपुर नगरपालिकाबासी हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.