आगोले जलेर श्रीमान् - श्रीमती घाइते

आगोले जलेर श्रीमान् - श्रीमती घाइते

विराटनगर :मोरङको सुनवर्षी नगरपालिका–४ काशीजानमा आगोले पोलेर पति र पत्नी घाइते भएका छन् । प्रहरीका अनुसार घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा दम्पती घाइते भएका हुन् । सामान्य अवस्थाका उनीहरूको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

श्यामप्रसाद दासको घरमा आइतबार राति १० बजेतिर लागेको आगो निभाउने क्रममा सुनवर्षी–४ का २६ वर्षीय आवेशकुमार दास र उनकी श्रीमती २३ वर्षीया पूजा दास घाइते भएका छन् । आगोले आवेशको निधार र पूजाको दायाँ हातमा जलेको छ।

आगोले श्यामप्रसादको २ तले कच्ची घरसहित अन्नपात,लत्ताकपडा, भाँडावर्तनलगायत घरभित्र रहेका सबै सामान जलेर ध्वस्त भएको जानकारी प्रहरीले दिएको छ ।  इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले दमकल र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । घटनामा करिब १५ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीले क्षतिको यकिन विवरण संकलन गरिहेको छ । आगलागीको कारण प्रष्ट हुन सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान भइरहेको उल्लेख गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.