मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुईजना घाइते

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुईजना घाइते
तस्बिर : सांकेतिक तस्बिर
सुन्नुहोस्

विराटनगर : मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा बिहीबार  तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०४–००२ प ०४६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर राति १ बजेतिर दुर्घटनामा परेको थियो । 

तीव्र गतिको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका थिए । घाइतेमध्ये मोटरसाइकल चालक विराटनगर महानगरपालिका–६ का ३५ वर्षीय हरिओम राजवंशीको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते हरिओमलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विराटनगर–६ का ३४ वर्षीय सन्दीप राजवंशी र ३३ वर्षीय वसन्त राजवंशी घाइते भएका छन् । मध्यम अवस्थाका घाइते दुवैजनालाई कोशीबाट थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिएको छ । 

ट्राफिक नियम उल्लंघन गर्दै तीनजना चढेर कुदाइएको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.