बाढी र पहिरो : कोशी प्रदेशमा ४४ जनाको मृत्यु, पाँच स्थानमा सडक अवरुद्ध
सुनसरी : अविरल वर्षापछि कोशी प्रदेशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। प्रदेशभर अहिलेसम्म ४४ जनाको मृत्यु भएको पुष्टि भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी दिपक पोखरेलले जानकारी दिए।
बाढी पहिरोले सबैभन्दा बढी इलाममा ३७ जना को मृत्यु भएको एसएसपी पोखरेलले बताए । उनका अनुसार पाँचथरमा २ जना, मोरङ, सुनसरी र खोटाङमा १–१ जना र उदयपुरमा २ जनाको मृत्यु भएको छ।
लगातारको वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा सडक सम्पर्क पनि विच्छेद भएको छ। हालसम्म पाँच स्थानमा सडक अवरुद्ध भएको एसएसपी पोखरेले बताए । उदयपुरको कटारी क्षेत्रमा सिद्धिचरण लोकमार्गका तीन स्थानमा, इलाम नगरपालिका–९ मा मेची राजमार्गको एक स्थानमा र धनकुटाको तमोर करिडोरमा एक स्थानमा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यस क्षेत्रको यातायात ठप्प हुँदा स्थानीय बासिन्दा र यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । अवरुद्ध सडकको पहिरो पन्छाउने प्रहरी र स्थानीय बासिन्दलाई परिचालन गरिएको एसपी पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस !