जेनजी आन्दोलनमा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

जेनजी आन्दोलनमा जलेकी महिलाको उपचारका क्रममा मृत्यु
अनिल रुंगटाको घरमा भएको आगजनी । फाइल तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

वीरगन्ज : जेनजी समूहको आन्दोलनका क्रममा गत भदौ २४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको घरमा अराजक समूहले गरेको आगजनीमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

रुंगटाको घरमा घरेलु कामदारका रुपमा कार्यरत पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ की ४५ वर्षीया सोशीलादेवी हजाराको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १०: २२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको रुंगटाको निवास परिसरमा रहेका ४ वटा  भवन परिसरमा रहेका ४ वटा घरमा जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र लुटपाट गर्दै आगजनी गरेका थिए। त्यसबेला घरको तेस्रो तल्लाको छतमा रहेकी हजारा र अर्का एक युवकलाई जलेर गम्भीर भएको अवस्थामा महानगरपालिकाको वारुण यन्त्रको भर्‍याङको सहयताबाट उद्दार गरिएको थियो ।

गम्भीर घाइते हजरालाई तत्कालै वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगेर भर्ना गरिएको थियो । तर, त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । त्यही उपचारका क्रममा सोमबार हजराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।  

रुंगटाको घरमा गरिएको आगजनीबाट हजरासँगै जलेर गम्भीर घाइते भएका भारतको बिहार राज्यको सुगौली घर भएका १८ वर्षीय विनय यादवको कीर्तिपुर बर्न अस्पतालमै उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.