हुन्डाईको कारखानामा छापा, ४७५ आप्रवासी कामदार पक्राउ

हुन्डाईको कारखानामा छापा, ४७५ आप्रवासी कामदार पक्राउ
सुन्नुहोस्

अमेरिका : जर्जियाको सवनाह सहरनजिक रहेको दक्षिण कोरियाली मोटर उत्पादन कम्पनी हुन्डाईको निर्माण कारखानामा अमेरिकाको डिपार्टमेन्ट अफ होम ल्यान्ड सेक्युरिटीअन्तर्गत अध्यागमन तथा भन्सार प्रवर्तन विभाग (इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट, आइस) ले छापा मारेको छ । करिब एक महिनाको अनुसन्धानपछि उत्पादन कारखानामा छापा मारिएको आइसले जनाएको छ । 

अमेरिकामा काम गर्न अनुमति नभएकाहरूलाई त्यहाँ काममा लगाइएको सूचनापछि अनुसन्धान थालिएको र अनुसन्धानपछि छापा मारिएको आइसले उल्लेख गरेको छ । जहाँबाट कागजात नभएका ४ सय ७५ जनालाई समातिएको आइसले जनाएको छ । जसमध्ये अधिकांश दक्षिण कोरियाली नागरिक हुन् । आइसले कुन देशका कति थिए भनेर एकिन तथ्यांक नबताए पनि दक्षिण कोरियाली विदेश मन्त्रालयले आफ्ना नागरिक ३ सय जना रहेको बताएको छ । 

जर्जिया राज्यको एटलान्टा सहरबाट करिब ४ सय किलोमिटर टाढाको सहर सवनाह सहरको करिब ४० किलोमिटर पश्चिममा ब्रायन काउन्टीमा हुन्डाई कम्पनीले इलेक्ट्रिक गाडी उत्पादनको कारखाना गत वर्ष सञ्चालनमा ल्याएको थियो ।

जहाँ करिब १ हजार २ सयले रोजगारी पाएको कम्पनीले जनाएको थियो । करिब ३ हजार एकड क्षेत्रफलमा फैलिएको ७ दशमलव ६ विलियन डलरको लागतमा सञ्चालनमा आएको सो उत्पादन कारखाना हुन्डाई मोटर कम्पनी ठूला उत्पादन कारखानामध्ये एक हो । हुन्डाईले त्यहाँ घरायसी उपभोग्य इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्दै आएको एलजीको एलजी इनर्जी सोलुसन कम्पनीसँगको सहकार्यमा इलेक्ट्रिक गाडीका लागि ब्याट्री उत्पादनसमेत गर्ने जनाएको थियो । 

हुन्डाई र एलजी इनर्जी सलुसन एचएल–जीए ब्याट्री कम्पनीद्वारा सञ्चालित ब्याट्री प्लान्ट अर्को वर्ष खुल्ने तालिका छ । गत सेप्टेम्बरबाट विद्युतीय सवारी साधन उत्पादन गर्दै आएको हुन्डाईले पूर्ण क्षमतामा कारखाना सञ्चालनमा आए ८ हजार ५ सय बढीले रोजगारी पाउने कारखाना सञ्चालनको क्रममा उल्लेख गरेको थियो । 

दक्षिण कोरिया र अमेरिकाको बीचमा निकै सुमधुर सम्बन्ध रहँदै आएको छ । यो घटनापछि दक्षिण कोरियाली सरकारले अवैध रूपमा आफ्ना नागरिक त्यहाँ काम गरिरहेकोमा दुःख व्यक्त गरेको छ भने आफ्ना नागरिकलाई लक्षित गरी भएको छापाप्रति चिन्ता जनाएको छ । पछिल्लो समय आइसले सक्रियता बढाउँदै ठूलो संख्या कागजात नभएकाहरूलाई अमेरिकाबाट निष्कासन गर्दा, त्यो सूचीमा दक्षिण कोरियामा जम्मा ४६ जना मात्र रहेका थिए ।

हुन्डाई मोटर कम्पनीमा छापा मारी पक्राउ परेकाहरूलाई जर्जियाको सीमानजिक फ्लोरिडाको फोल्क्सटनमा रहेको अध्यागमन हिरासत गृहमा लगिएको छ । हुन्डाई मोटर उत्पादन कम्पनीमा गरिएको छापा होमल्याण्ड सेक्युरिटीअन्तर्गत भएको खोजी अपरेसन मध्येको ठूला अपरेसन भित्र पर्दछ । सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क र वासिङ्टन डिसीमा भएको आतंकवादी हमलापछि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले ठूलो अपरेसन चलाएको थियो । 

पछिल्लो समय होमल्यान्ड सेक्युरिटी र यस अन्तर्गतका विभागले कागजात बिनाकाहरू काम गरिरहेका छन् भन्ने आशंकामा पसल, फ्याक्ट्री, ठूला–ठूला मलहरू तथा आप्रवासीहरू बस्दै आएका समुदायहरूमा समेत छापा मार्ने क्रमलाई तीव्रता दिएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले आफ्ना देशका नागरिकलाई गैर कानुनी रूपमा पक्राउ वा थुनामा राखेका देशहरूलाई लक्षित गर्दै ती देशहरूलाई कडाइ गर्ने गरी सेप्टेम्बर ५ मा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ती देशहरूको सूची बनाउनका लागि गृह सचिवलाई सबै अख्तियारीसमेत दिइएको उनले जारी गरेको कार्यकारी आदेशमा बताइएको छ ।

यो आदेशमा ती देशहरूलाई आर्थिक प्रतिबन्ध, ती देशका नागरिकलाई अमेरिकी भिसामा प्रतिबन्ध, विदेशी सहायतामा रोकदेखि आफ्ना नागरिकलाई ती देशको भ्रमणमा जानका लागि रोक लगाउनेसम्म रहेको विदेश सचिव (मन्त्री) मार्को रुवियोले जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.