चिनियाँ राष्ट्रपतिसँग ओलीले भने– लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा आपत्ति छ

चिनियाँ राष्ट्रपतिसँग ओलीले भने– लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा आपत्ति छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा आफ्नो आपत्ति रहेको चिनियाँ राष्ट्रपति सी चीनफिङसँग बताएका छन्। शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भएको थियो। 

भेटमा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्टरुपमा आपत्ति जनाएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए। 

भेटमा ओलीले भने,ʻसन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ। यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ।ʼ

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भएको बताए। उनले सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको बताए। 
 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.