जिप अरुण नदीमा खस्यो, ३ जना घाइते

जिप अरुण नदीमा खस्यो, ३ जना घाइते
फाइल तस्बिर ।
सुन्नुहोस्

सङ्खवासभा : सङ्खुवासभाको तुम्लिङ्टारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको बोलेरो जिप अरुण नदीमा खस्दा ३ जना घाइते भएका छन्। 

आज दिउँसो साढे २ बजे दुर्घटना हुँदा मकालु गाउँपालिका–५ का चालक २० वर्षीय किरण गुरुङ, खाँदबारी–९ का ४१ वर्षीय रमेश राई र पैदलयात्री चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डे घाइते भएको जिल्ला प्रहरीका डीएसपी दक्षकुमार बस्नेतले बताए। 

प्रदेश १–०२–००२च४१०३ नम्बरको गाडी दुर्घटना घाइते भएकाहरूको खाँदबारी नगरपालिका ९ मा रहेको मनकामना अस्पतालमा उपचार भइरहेका डीएसपी बस्नेतले बताए। धर्मदेवी नगरपालिका–८ सुर्तीवारीमा पैदलयात्री पाण्डेलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएको खुलेको छ। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र एकजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 

दुर्घटना भएको जिप अरुण नदीमा डुबेको र  झिक्न सक्ने अवस्था नरहेको डीएसपी बस्नेतले बताए। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.