राजावादीका प्रदर्शनकारीले तीनकुनेमा घरमा लगाए आगो

राजावादीका प्रदर्शनकारीले तीनकुनेमा घरमा लगाए आगो
तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : उग्र बनेका राजावादीहरूले तीनकुनेमा एउटा घरमा आगजनी गरेका छन्। आगजनीबाट उक्त घर जलेको छ। राजवादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका हुन् । उनीहरूले व्यक्तिका घर,पसलमा  ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।  

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको छ। झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। राजावादी समर्थकहरू कार्यक्रम स्थल छोडेर बाहिर प्रदर्शन गरिरहेका छन्। उनीहरूमाथि प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.