अमेरिकाले थप एक नेपालीलाई गर्यो निष्कासन
काठमाडौं : अमेरिकाले थप एक जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बसोबास गर्दै आएका ती नेपालीलाई अमेरिकाले निष्कासन गरेको हो।
निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेको स्रोतले जानकारी दिएको छ। उनलाई एयर इन्डियाको जहाजबाट गत साता नेपाल फर्काइएको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएसँगै अमेरिकामा आप्रवासनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी भएको छ। सोही नीतिअन्तर्गत अवैध नेपालीहरूलाई अमेरिकाले धमाधम नेपाल फर्काउन थालेको हो। हालै अमेरिकाले चार्टर जहाजमार्फत ११ जना नेपालीलाई काठमाडौं ल्याएको थियो।
स्रोतका अनुसार अमेरिकाले प्रत्येक हप्ता अवैध नेपालीहरूलाई नेपाल फर्काउने गरेको छ। पछिल्लो दुई महिनाको तथ्यांक हेर्ने हो भने ४० भन्दा बढी नेपालीलाई अमेरिकाले निष्कासन गरिसकेको छ।
अहिले पनि ठूलो संख्यामा नेपालीहरू त्यहाँको अध्यागमन प्रहरी आइसीईको निगरानीमा रहेको छ। अमेरिकाको अध्यागमन अदालतले फैसलाबमोजिम अवैध नेपालीहरूलाई आइसीई प्रहरीले नियन्त्रणमा लिएर नेपाल फर्काउन थालिएको हो।
प्रतिक्रिया दिनुहोस !