कुन प्रदेशको अर्थतन्त्र कस्तो ?
कोशी प्रदेश
त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु वर्ष ३.५१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आर्थिक वर्षमा २.१३ प्रतिशत रहने संशोधित अनुमान छ। कोशी प्रदेशको यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३२.८० प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.३२ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान छ।
गत आव २०७९/८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (३२.६८ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.३१) मा रहने संशोधित अनुमान गरिएको छ। कोशी प्रदेशमा क्षेत्रगत रूपमा यस वर्ष कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२२.३२ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–२.६७ प्रतिशत) उत्पादनमूलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ।
मधेस प्रदेश
मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा ७ खर्ब ४८ अर्ब योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ। गत वर्षको यस्तो संशोधित अनुमान करिब ७ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ। यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष १३.१२ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान सरकारी तथ्यांकको छ। अघिल्लो वर्ष १३.१४ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ।
यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु वर्ष ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत वर्ष १.५० प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। चालु वर्षमा मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३५.१९ प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१५ प्रतिशत) योगदान खानी तथा उत्खनन क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ।
अघिल्लो वर्षमा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (३४.८१ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र खानी तथा उत्खनन क्षेत्रको योगदान अन्तिम स्थान (०.१६) मा रहने संशोधित अनुमान गरिएको छ। मधेस प्रदेशमा क्षेत्रगत रूपमा कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२१.९५ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–२.१९ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो वर्षमा यस्तो वृद्धिदर सबैभन्दा धेरै (१५.६९ प्रतिशत) विद्युत् क्षेत्रको र सबैभन्दा थोरै (–३.३६ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।
बागमती प्रदेश
कुल गार्हस्थ्य उत्पादनमा करिब एकतिहाइ हिस्सा ओगट्ने बागमती प्रदेशले २० खर्ब ७५ अर्बको अर्थतन्त्रको आकार रहने प्रारम्भिक अनुमान गरिएको छ भने गत वर्ष यस प्रदेशको यस्तो आकार करिब १९ खर्ब ३८ अर्ब रहने संशोधित अनुमान गरिएको छ। यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आव २०८०/८१ मा ३.९६ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आव २०७९/८० मा १.७७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।
चालु वर्ष कुल ग्राहस्थमा सबैभन्दा धेरै (२१.५३ प्रतिशत) योगदान थोक तथा खुद्रा व्यापार, मोटर भेहिकल मर्मत क्षेत्रको रहने र सबैभन्दा न्यून (०.२८ प्रतिशत) योगदान पानी आपूर्ति तथा फोहर व्यवस्थापन क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। गत वर्षमा पनि थोक तथा खुद्रा व्यापार, मोटर भेहिकल मर्मत क्षेत्रको योगदान अग्रस्थान (२१.९८ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्रको योगदान अन्तिम स्थान (०.३० प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको छ।
बागमती प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु वर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२०.९३ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–२.७१ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत आव २०७९/८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (१८.७० प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–२.९८ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा योगदान ५ खर्ब १७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत वर्ष यस्तो अनुमान ४ खर्ब ८४ अर्ब रहने भनिएको छ। यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ९.०६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ भने गत वर्षमा पनि यस प्रदेशले ९.०६ प्रतिशत नै योगदान पुर्याउने संशोधित अनुमान रहेको छ।
त्यसैगरी, यस प्रदेशको अर्थतन्त्रको आकारको वृद्धिदर चालु वर्षमा ४.५५ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत वर्ष ३.३० प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।
चालु आव २०८०/८१ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२५.७२ प्रतिशत) योगदान कृषि, वन तथा मक्षय क्षेत्रको रहने र सबैभन्दा न्यून (०.३१ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ।
गत गत आव २०७९/८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (२५.४३ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.३१) मा रहने संशोधित अनुमान गरिएको छ। गण्डकी प्रदेशमा कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२२.८४ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–१.९६ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत वर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२१.९७ प्रतिशत) विद्युत् क्षेत्रको र सबैभन्दा थोरै (–२.७६ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।
लुम्बिनी प्रदेश
चालु वर्षका लागि लुम्बिनी प्रदेशको अर्थतन्त्रको आकार ८ खर्ब १४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत वर्षमा ७ खर्ब ६४ अर्ब रहने संशोधित अनुमान गरिएको छ। यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आव २०८०/८१ मा ४.०५ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आव २०७९/८० मा १.९९ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।
लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२९.६३ प्रतिशत) योगदान कृषि, वन तथा मक्षय क्षेत्रको रहने र सबैभन्दा न्यून (०.३४ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। क्षेत्रगत रूपमा हेर्दा चालु आव २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२८.९३ प्रतिशत) विद्युत् क्षेत्रको र सबैभन्दा थोरै (–१.४३ प्रतिशत) उत्पादनमूलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा योगदान २ खर्ब ४४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएकोमा गत वर्षको संशोधित अनुमान २ खर्ब २९ अर्ब रहेको छ। यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आव २०८०/८१ मा ३.३९ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आव २०७९/८० मा १.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।
चालु वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२९.५१ प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१७ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। यस्तै, क्षेत्रगत रूपमा हेर्दा चालु वर्ष कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२२.५२ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–१.०२ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको ४ खर्ब ४ अर्ब रुपैयाँको अर्थतन्त्रको आकार हुने प्रारम्भिक अनुमान गरिएको छ। यो चालु वर्षको अनुमान हो। गत वर्ष ३ खर्ब ८१ अर्ब रहने संशोधित अनुमान गरिएको छ। यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आव २०८०/८१ मा ३.४१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आव २०७९/८० मा १.५२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ।
चालु आव २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३३.०० प्रतिशत) योगदान कृषि, वन तथा मक्ष्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१३ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। सुदूरपश्चिम प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२२.३३ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–१.८२ प्रतिशत) उत्पादनमूलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ।