जलेश्वरका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जलेश्वरका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार,उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नविन घिमिरेले उनीहरूविरुद्ध मुद्दा दायर गर्दै प्रतिव्यक्ति ५ लाख ८४ हजार ६३७ रुपैयाँ बिगो माग गरिएको जानकारी दिए।

अख्तियारले जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा प्रमुख साह,उपप्रमुख खातुन,प्रशासकीय अधिकृत  झा, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा,अन्य कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरूविरुद्ध आव विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

यसैगरी अधिकृत छैठौं धिरेन्द्र झा,नगरपालिकाका इन्जिनियर पवन कुमार झा,राजेश कुमार चौधरी र सब इन्जिनियर दिपेश कुमार साह,कार्यपालिका सदस्य सोगरा खातुन,उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह,सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीविरुद्ध मुद्दा दायर भएको हो।

उनीहरूले जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी मूल्यांकन गराइ झुट्टा बिल तयारी गरी ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी लिएको पुष्टि हुन आएको अख्तियारको दावी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.