दाँत उपचार गराउन प्रधानमन्त्री वीर अस्पतालमा
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल वीर अस्पताल पुगेका छन्। दाँतमा समस्या आएपछि उपचारका लागि उनी वीर अस्पताल गएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार बुधबार विहानदेखि लगातार दाँत दुखेपछि प्रधानमन्त्री दाहाल दिउँसो वीर अस्पताल पुगेका हुन्। डा. ऋतु श्रेष्ठ नेतृत्वको टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको सचिवालयले जनाएको छ।