गृहमन्त्रीमाथि छानबिन माग गर्दा प्रतिपक्षीलाई बेवास्ता गर्न खोजियो : रमेश लेखक

गृहमन्त्रीमाथि छानबिन माग गर्दा प्रतिपक्षीलाई बेवास्ता गर्न खोजियो : रमेश लेखक
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमात्रै नभएर समग्र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छानविन आयोग गठन गर्नुपर्ने बताएका छन्। उनले गृहमन्त्रीमाथि मात्रै संसदीय छानबिन गर्नुपर्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको आरोप लगाए।

'लाखौं मान्छेको अर्बौं रुपैयाँ रकम सहकारीमा जम्मा भएको छ। त्यो रकम अपचलन भयो। दुरुपयोग भयो। जसका कारण बचतकर्ताको रकम जोखिममा परेको छ। बचतकर्ताको रकम सुरक्षा गर्नका लागि दुरुपयोग गर्ने मानिसहरूलाई कारबाही गर्नुपर्‍यो भनेका हौं। तर, गृहमन्त्रीमाथि मात्रै छानबिन गर्न माग गर्‍यो भनेर गलत भाष्य निर्माण गर्न खोजिएको छ। त्यस्तो होइन,' उनले भने।

उनले संसदको आगामी अधिवेशनमा पार्टीको रणनीतिका विषयमा बिहीबार बस्ने संसदीय दलको बैठकले आवश्यक निर्णय गर्ने बताए। लेखकले अहिले सदनमा सत्तापक्षले प्रतिपक्षीलाई वेवास्ता गर्न खोजेको र सरकारले पनि प्रतिपक्षीले उठाएका विषयलाई गम्भीरता नदेखाएको बताए। 'देशको उपप्रधानमन्त्री व्यक्ति मात्र होइन। देशको गृहमन्त्री व्यक्तिमात्रै होइन। उहाँको प्रत्यक्ष संलग्नता देखिएकाले छानबिन माग गरेका हौं। बरु एउटा समग्रतामा र उहाँमाथि प्रश्न उठेकाले अर्को त्यसमा छानबिन गरौं भनेका हौं,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.