अनलाइन सट्टावाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ

अनलाइन सट्टावाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

बुटवल : अनलाइन सट्टेबाजीz (जुवा) खेलाउने १३ जना भारतीय नागरिकहरूलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको छ। 

बुटवल उपमहानगरपालिका-११, कालिकानगरस्थित अञ्जन शर्माको घरमा फ्ल्याट लिएर जुवा खेलाइरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। फेयर प्ले (अनलाइन बेटिङ साइट)मार्फत उनीहरूले जुवा खेलाइरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। 

पक्राउ परेका नागरिकहरूबाट १३ थान ल्यापटप, ४० थान मोबाइल सेटहरू, १३ थान सिमकार्ड, १८ थान सिमकार्डका खोल, भारतीय बैंकका चेक, आधार कार्डहरू बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत रुपन्देहीबाट सात दिनको म्याद थपको अनुमति लिई इलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान भइरहेको सूचना अधिकारी भट्टले जानकारी दिए। 

      
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.