पुनःनिर्माणको कामलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री जोशी

पुनःनिर्माणको कामलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री जोशी
सुन्नुहोस्

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण सम्बन्धी प्रभावकारी नीति कार्यन्वयनको आवश्यकता रहेको बताएका छन्।

मंगलबार ललितपुरमा आयोजित नेपाल सेल्टर फोरममा बोल्दै जोशीले प्राकृतिक प्रकोपबाट पीडित भइरहने अवस्था रहेको भन्दै क्षति न्यूनीकरणसम्बन्धी प्रभावकारी नीति कार्यन्वयनको आवश्यकता रहेको बताएका हुन्। उनले बाढीपहिरो, चट्याङ,वनडढेलो जस्ता प्राकृतिक प्रकोपका कारण बर्सेनि धनजनको क्षति भइरहेको अवस्था नयाँ तवरबाट तयारी गर्नुपर्नेमा जोड दिए। 

मनसुनसमेत नजिकिँदै गरिरहेको र यसले भूकम्पपीडितलाई अझै प्रभावित पार्न सक्ने भन्दै उनले राहत वितरणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए।

मन्त्री जोशीले विगतमा गरिएको पुनःनिर्माणको काम प्रशंसनिय रहेको भन्दै अब पनि पुनःनिर्माणको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले संघीय सरकारले प्रदेश र स्थानीय तहसँगको साझेदारीमा विपद् राहत उपलब्ध गराउने भनिए पनि क्षमताको अभावले फलदायी हुन नसक्ने देखिएको धारणा राखे।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.