परीक्षामा कडाइ गरेपछि हरिखेतान क्याम्पसमा तोडफोड

परीक्षामा कडाइ गरेपछि हरिखेतान क्याम्पसमा तोडफोड
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा रहेको हरि खेतान बहुमुखी क्याम्पसमा आइतबार विद्यार्थीहरूले तोडफोड गरेका छन्। कक्षा १२ को परीक्षामा सहभागी नेशनल ईन्फोटेक (एनआई) कलेजका विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन्।

आइतबार भएको कक्षा १२ को परीक्षामा खटिएका पर्यवेक्षकहरूले परीक्षा मर्यादित बनाउने बहानामा आफूहरूलाई पटक पटक मानसिक यातना दिएको आरोप लगाउँदै भएका आक्रोशित विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन्। तोडफोडबाट क्याम्पस भवन,क्याम्पसको बस, गाडी, मोटरसाइकल, फर्निचर लगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ।   

परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोस्ने, कलम भुईँमा खस्दा पनि टिप्न नदिने लगायतका मानसिक यातना दिएको भन्दै विद्यार्थीहरूले परीक्षा सकिएपछि क्याम्पसमा तोडफोड गरेका हुन्।

तोडफोडमा उत्रिएका एक विद्यार्थीले भने,‘पर्यवेक्षकको काम परीक्षालाई मर्यादित बनाउने हो, परीक्षार्थीलाई अनावश्यक दुःख दिने होइन। तर हरि खेतानका पर्यवेक्षकहरूले हामीलाई बिना कारण दुःख दिइरहेका थिए। झरेको पेन उठाउँदा समेत उत्तर पुस्तिका खोसेर निष्कासित गर्ने धम्की दिइरहेका थिए।’ 

तोडफोड हुन थालेपछि तनावग्रस्त बनेको स्थिति  नियन्त्रणमा लिन गर्नका लागि क्याम्पस परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले बताए।

क्याम्पसमा तोडफोडपछि विद्यार्थीहरूले जुलुस निकाल्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर आइतबारको परीक्षा रद्द गर्न माग गरेका थिए। यता हरिखेतान क्याम्पसका निमित्त क्याम्पस प्रमुख किशोरी राय यादवले भने विद्यार्थीहरूले लगाएको आरोप निराधार रहेको बताए।

उनले परीक्षा हलमा चिट चोर्न नदिएपछि त्यसैको निहुँमा एनआई कलेजका विद्यार्थीहरू तोडफोडमा उत्रिएको बताए। क्याम्पसमा तोडफोडबाट भएको क्षतिपूर्ति एनआई कलेजले बेहोर्नुपर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.