एचआईभी संक्रमणबाट बचाउने प्रेप विधि पाल्पामा

एचआईभी संक्रमणबाट बचाउने प्रेप विधि पाल्पामा
सांकेतिक तस्बिर।
सुन्नुहोस्

तानसेन : एचआईभी संक्रमण नभएका तर जोखिममा भएका व्यक्तिहरूलाई लक्षित गरेर एचआईभी सक्रमणबाट बचाउने गरी नेपाल परिवार नियोजन संघ पाल्पाले प्रेप कार्यक्रमको सुरुवात गरेको छ। नारायणगढदेखि पश्चिम, छिमेकी मुलुक भारत उत्तर प्रदेश र बिहारसम्मका एचआईभी सक्रमण भई नसकेका तर उच्च जोखिम भएका व्यक्तिहरूलाई लक्षित गरेर परिवार नियोजन संघ पाल्पाले प्रेप उपचार विधि सुरु गरेको हो। 

संघले एचआईभी सक्रमण भई एआरटी सेवा लिइरहेका व्यक्तिहरूको यौन साथी, समलिंगी महिला तथा पुरुष, पैसा कमाउने गरी यौनकर्मीको काम गर्दै आएका महिला तथा पुरुष, सुईबाट नशालु पदार्थ लिनेहरू तथा यौन रोगीहरूलाई केन्द्रित गरेर उनीहरूलाई एचआईभी संक्रमणबाट बचाउनको लागि प्रेप उपचार सेवा सुरु गरेको हो। कोही पनि एचआईभी संक्रमण नपरून् भनेर संंस्थाले विदेशबाट आउने महिला तथा पुरुषहरूलाई विभिन्न माध्यमबाट निगरानीमा राख्ने संयन्त्र बनाएको छ। 

प्रेप उपचार सेवा रोग लाग्नुभन्दा अगाडि नै लक्षणको आधारमा गरिने उपचार विधि हो। प्रेप उपचार निःशुल्क रूपमा पूर्ण गोपनीयताका साथ गरिने संघका प्रबन्धक शोभाकान्त न्यौपानेले बताए। प्रेप उपचारको लागि मेडिकल अधिकृतसहित १० जनाको जनशक्ति २४सै घण्टा खटिने कार्यालयले जनाएको छ। प्रेम उपचार सुरु गर्नुपहिले र पछि गरिने सम्पूर्ण चेकजाँचहरू निःशुल्क रहेको संघका प्रबन्धक न्यौपानेले बताए। प्रेप उपचारको लागि वेभसाइट वा क्यूआर कोडबाट अनलाइन बुकिङको व्यवस्था मिलाएको संस्थाका कोषाध्यक्ष माधव अर्यालले जानकारी दिए। प्रेप औषधि प्रयोगले प्राकृतिक रूपमा रहेको यौनशक्तिमा कुनै कमी नआउने तथा अन्य प्रकारको साइड इफेक्ट नभएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.