अस्पताललाई भ्याक्सिन हस्तान्तरण
नुवाकोट : नुवाकोट जिल्ला अस्पताल त्रिशूलीलाई एन्टी रेविज भ्याक्सिन प्रदान गरिएको छ। विदुर नगरपालिकाले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अस्पताललाई एन्टी रेविज भ्याक्सिन –एआरभि) प्रदान गरेको हो।
त्रिशूली अस्पताललाई सो भ्याक्सिन अभाव भएको जानकारी प्राप्त भएपश्चात विदुर नपाले एन्टी रेविज भ्याक्सिन हस्तान्तरण गरेको हो। मेयर राजन श्रेष्ठले त्रिशूली अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष राजु पण्डितलाई एन्टी रेविज भ्याक्सिन हस्तान्तरण गरेका हुन्।