दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट
काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार दोहोरो अंकले घटेर सेयर बजार बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार १२.२९ अंकले बढेको नेप्से परिसूचक आज १५.४१ अंकले घटेर १९६९.०२ विन्दुमा अडिएको हो। सेन्सेटिभ इण्डेक्स ०.८० प्रतिशतले घट्यो।
नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। यसदिन ३२० स्क्रिप्सको ५६ लाख ५७ हजार २८२ कित्ता सेयर २ अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रुपैयाँमा खरिदबिक्री भए। आइतबार २ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। पिपुल्स पावरको सेयर मूल्य सर्वाधिक ६.९१ प्रतिशतले बढ्यो। दोल्टी पावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ७.३७ प्रतिशतले ओरालो लाग्यो।
कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ११ करोड ५४ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी ज्योति हाइड्रोपावरको १० करोड मूल्यको सेयर कारोबार हुँदा सर्वोत्तम सिमेन्टको ५ करोड,सोनापुरको ४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
१३ सटा समूहको उपसूचक नकारात्मक देखिँदा म्यचुल फण्डको मात्रै सूचक ०.०२ प्रतिशतले बढ्यो। कारोबारमा आएका ४९ स्क्रिप्सको मूल्य बढ्दा १८६ वटाको मूल्य घट्यो।