इन्जिन मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज सोमबार ल्याइने

इन्जिन मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज सोमबार ल्याइने
सुन्नुहोस्

काठमाडौं : इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको वायु सेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौं ल्याइने भएको छ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले  निगमका पदाधिकारीले सोमबार उक्त जहाज नेपाल ल्याइने जानकारी गराएको बताएका हुन् । आफू मन्त्रालयमा आएदेखि जहाज ग्राउन्डेड भएको विषयमा निरन्तर जानकारी लिएको उनले बताए । सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको अवस्थामा क्षतिपूर्ति दावी गर्ने तयारी भएको पनि उनले बताए।

मन्त्री तामाङले नेपालको हवाइक्षेत्रलाई कालोसूचिबाट हटाउनका लागि निरन्तर छलफल भइरहेको बताए । उनले यस वर्षको सगरमाथा दिवस आगामी जेठ १६ गते प्रधानमन्त्रीको आतिथ्यमा सगरमाथाको फेदीमा मनाउने जानकारी दिए।

सगरमाथा दिवस मनाउनका लागि आवश्यक तयारी पनि सुरु गरिसकेको उनको भनाई छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.