हाइड्रोका नाममा जग्गाको धन्दा

सस्तोमा जग्गा किन्दै, दसौं गुणा महँगोमा हाइड्रोलाई भिडाउँदै

सस्तोमा जग्गा किन्दै, दसौं गुणा महँगोमा हाइड्रोलाई भिडाउँदै

काठमाडौं : ३५ मेगावाटको सीता हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष हुन्, सीताराम तिमल्सिना। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा पर्ने हाइड्रो आयोजना निर्र्माण स्थल वरपर उनले सस्तोमा जग्गा किने, छोरा र परिवारका सदस्यका नाममा। अनि, हाइड्रोलाई भिडाए दसौं गुणा बढीमा। यही धन्दाबाट आफू र परिवारका नाममा टन्न कमाए, हाइड्रोलाई फसाए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरिरहेका छन्। 

०७५ भदौ १९ मा सीतारामका छोरा सतिश तिमल्सिनाले सीता हाइड्रो निर्माणस्थल वरपर ३ लाख ५० हजारमा जग्गा किने। ०७५ चैत ४ मा त्यही जग्गा ६ गुणा बढी अर्थात्, १८ लाख २० हजारमा पब्लिक कम्पनी हाइड्रोलाई भिडाए। ०७४ भदौ १५ गते सोही क्षेत्रमा खरिद गरेको ९ लाख ७५ हजारको जग्गा ०७५ माघ २२ गते ४७ लाख ८१ हजार २ सय ५० मा हाइड्रोलाई भिडाए। निर्माणस्थल छनोट गर्ने, सस्तोमा जग्गा किन्ने र त्यही जग्गा दसौं गुणा महँगोमा हाइड्रो पावर कम्पनीलाई भिडाउने ‘धन्दा’ मा सीताराम तिमिल्सेना संलग्न रहेको भन्दै अख्तियारले छानबिन गरिरहेको छ। 

पछिल्लोपटक पाँचथरमा बनेको तल्लो हेवा खोला जलविद्युत् आयोजनाको जग्गा खरिदमा पनि तिमल्सिना परिवारले यस्तै गडबडी गरेको भन्दै अख्तियारले छानबिन गरिरहेको छ। तिमल्सिना परिवारले ३३ लाख ४३ हजारमा किनेको जग्गा आयोजनालाई ५ करोड ८४ लाख ७९ लाख ६ सय ६४ मा भिडाएको थियो। त्यसैकारण, तल्लो हेवा खोला जलविद्युत् सञ्चालकहरूले ठूलो घाटा गराएको अनुसन्धानबाट देखिएको छ। तिमल्सिना परिवारले यसरी हेवा खोला आयोजनामा लुट मच्चाएको पाइएको छ।     

आफैंले सस्तोमा जग्गा किनेर हाइड्रोलाई महँगोमा बेच्ने र सर्वसाधारणको लगानी जोखिममा पार्ने गरेका छन्, तिमिल्सनाले। उनीविरुद्ध कर छलीको पनि आरोप लागेको छ। हेवाका  अध्यक्ष सीताराम तिमल्सिनाले आफ्नै  छोरा, छोरीलाई समेत सेयर होल्डर बनाएका छन्। छोरा सतिश तिमल्सिनासहित घरपरिवारभित्रकै प्रल्हाद तिमिल्सिना, सतिश तिमल्सिना, रिता तिमल्सिना हेवाका सेयर होल्ड छन्। पब्लिक कम्पनीलाई नै उनीहरूले छली गरेको देखिएको छ। त्यसबाट व्यक्तिगत र परिवारिक रुपमा लाभ लिएका छन्।  तिमल्सिना परिवारले सेयर होल्डरसमेतलाई पारदर्शी रूपमा हिसाब नदेखाइ कर छली गरेका छन्।

प्राइम कमर्सियल बैंक लिमिटेडको अगुवाइमा २०७२ असार ३१ मा बसेको बैंकको सञ्चालक समितिको बैठकले हेवामा ५० करोड दीर्घकालीन कर्जा स्वीकृत भई प्रवाह भएको थियो। यसरी कर्जा प्रवाह गर्दा परियोजना लागत (जग्गा, परियोजना भवन लगायत) ३ अर्ब ६६ करोड ७५ लाख करोड  कायम  भएको थियो। जसमा स्वपुँजी अनुपात ७०ः३० कायम गरी सहवित्तीयकरण बंैकहरूबाट कुल २ अर्ब ५६  करोड प्रवाह गर्ने निर्णय भएको थियो। जसमा राष्ट्रिय वाणिज्य बंैकलगायत ११ वटा बैंकबाट  कर्जा स्वीकृत गरिएको थियो। तर, परियोजना निर्माणको क्रममा लागत बढ्न गई ४ अर्ब ८१ करोड ८९ लाख पुग्यो। जसमा कर्जा स्वलागत अनुपात ७०ः३० कायम रहँदा साविक कर्जा पनि बढन गयो। साविकको कर्जा २ अर्ब ५६ करोड वृद्धि भइ ३ अर्ब ३१ करोड कायम हुन गयो।  

कुल लागत ४ अर्ब ८१ करोड ८९ लाख मध्ये ७० प्रतिशत बैंकको ऋण रह्यो। बाँकी ३० प्रतिशत अर्थात् (१ अर्ब ५० करोड ७९ लाख) लगानीको स्रोतमध्ये २६.७ प्रतिशत अन्य सेयर होल्डरका नाममा आयो। ७३.३  प्रतिशत तिमल्सिना परिवारको सेयर रह्यो। परिवारमा पनि सीतारामको ४७ दशमलव ८० प्रतिशत छ भने छोरा सतिश र प्रल्हादको ८÷८ प्रतिशत सेयर छ। यस्तै, पत्नी रीताको ९ दशमलव ५ प्रतिशत सेयर छ। तर, हाइड्रोमा तिमल्सिना परिवारको नाममा रहेको ७३.३ प्रतिशत अर्थात् १ अर्ब १० करोडको स्रोत एकिन नरहेको अख्तियार स्रोतले जनाएको छ। तिमल्सिना परिवारको यति धेरै रकमको स्रोत एकीन नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। अख्तियारले राजस्व अनुसन्धान विभागलाई पनि कारबाहीका लागि पत्राचार गरेको छ। 

३३ लाखको जग्गा वर्ष दिनमै ६ करोडमा बेचियो 

३३ लाख ४३ हजारमा किनेको जग्गा आयोजनालाई ५ करोड ८४ लाख ७९ लाख ६ सय ६४ मा बेचेर तल्लो हेवा खोला जलविद्युत् सञ्चालकहरूले ठूलो घाटा गराएको अनुसन्धानमा देखिएको छ। तिमसिल्ना परिवारले यसरी हेवा खोला आयोजनामा लुट मचाएको पाइएको छ। आयोजनाका सञ्चालक सतिशले पाँचथरको भारपा–७  (ग) को कित्ता नम्बर १३ को १८ रोपनी १८ आना १  पैसा जग्गा २०७१  जेठ १९ मा १२ लाखमा किनेका थिए। सोही जग्गा ०७१ असार ६ मा १ करोड ९० लाखमा आयोजनालाई बेचेका थिए। 

यस्तै, फिदिम–७ (क) स्थित ४ रोपनी १ पैसा २ दाम, ९ आना १ पैसा ३ दाम र ५ रोपनी १५  आनाका तीन कित्ता जग्गा १ करोड ५ लाख ९७ हजार ६६४ मा  आयोजनालाई बेचेको पाइएको छ। फिदिमस्थित सतिश तिमल्सिनाले  १ रोपनी २ आना जग्गा २०७१ जेठ ६ मा  २ लाख २५ हजार  किनेर ६ महिनामै अर्थात् ०७१ मंसिर १२ मा ११ लाख २५ हजारमा आयोजनालाई बेचेका थिए। ढम्बर कुमार पोख्रेलको पैत्रिक जग्गा पनि आयोजनाले खरिद गरेको थियो। फिदिम–७ (क) स्थित ४ रोपनी २ पैसा २०७३ वैशाख २३ मा ४ लाख ५० हजारमा आयोजनाले खरिद गरेको थियो। 

फिदिम ७ क कै १० रोपनी जग्गा २०७२ असोज १९ मा ९ लाखमा किनेर भोलिपल्टै ६० लाखमा आयोजनालाई बेचिएको थियो। सतिशको नाम रहेको यो जग्गा ९ लाखमा किनेर असोज २० मा ६० लाखमा आयोजनालाई बेचेको पाइएको छ। त्यस्तै भवानीप्रसाद पोखरेल समेतको पैत्रिक सम्पत्तिको रुपमा रहेको फिदिम ७ कको १ रोपनी १० आना २ पैसा र अर्को ७ आना जग्गा २ लाख ३५ हजारमा २०७२ पुस ७ मा आयोजनालाई बेचिएको थियो। अम्बिकादेवी मैनालीको पैत्रिक सम्पत्तिका रूपमा रहेको फिदिम ७ कको ९ आना ३ पैसा र ३ रोपनी ४ आना १ पैसा जग्गा २०७० माघ २२ मा ३९ लाखमा आयोजनाले खरिद गरेको थियो। 

सञ्चालक सतिश तिम्सिनाले नांगित–५ (ज) को ६ रोपनी १५ आना ३ पैसा जग्गा २०७० असार ६ मा ८ लाखमा किनेका थिए। ०७१ कात्तिक १४ मा ७० लाखमा आयोजनालाई बेचेका थिए। सुजिना घिमिरेको नामको ४ रोपनी ६ आना र ५ रोपनी १२ आना ३ पैसा जग्गा २०७१ भदौ १९ मा २ लाख १८ हजारमा किनेको देखिन्छ। यही जग्गा तीन महिनापछि २०७१ मंसिर ८ मा १ करोड १ लाख ७२ मा आयोजनालाई बेचेको देखिन्छ। 

सीता हाइड्रोमा पनि उस्तै धन्दा 

तिमिल्सिना परिवारले पब्लिक कम्पनीको रुपमा रहेको हेवा खोला जलविद्युत् आयोजनालाई दुहुनु गाई नै बनाए। त्यसअघि अर्को  जलविद्युत् आयोजनामा पनि तिमल्सिना परिवारले त्यस्तै गरेको पाइएको छ। सिन्धुपाल्चोकमा सीता हाइडो लि कम्पनीको नाममा पनि तिमल्सिना परिवारले सस्तोमा जग्गा किन्दै महँगोमा भिडाएर करोडौं आर्थिक लाभ लिएको देखिएको छ। जुगल गाउँपालिका ३ साविक गुम्बा गाविसमा  ३५ मेघावाटको सीता हाइड्रोको नाममा  तिमल्सिना परिवारले मनपरी गरेको छ। मालपोत कार्यालय सिन्धुपाल्चोकको ०७९ फागुन ५ को पत्रअनुसार आयोजनाका लागि भन्दै तिमल्सिना परिवारले अर्बौ मूल्यको जग्गा किनेको पाइएको छ। मालपोत कार्यालय सिन्धुपाल्चोकका अनुसार साविकको गुम्बा गाविस ७ स्थित कित्ता नम्बर ६ मा सीतारामका छोरा सतिशले १ रोपनी १ आना ३ पैसा जग्गा ३ लाख ५० हजारमा किनेर १८ लाख २० हजारमा आयोजनालाई बेचेको अनुसन्धानमा देखिएको छ। त्यस्तै सोही स्थानको ८ आना १ पैसा १ दाम जग्गा १ लाखमा किनेर ८ लाख ५० हजारमा हाइड्रोलाई भिडाएका थिए। त्यस्तै ५ आना १ पैसा जग्गा ५० हजारमा किनेर ५ लाख २० हजार, ३ आना ३ पैसा ३ दाम जग्गा ५० हजारमा किनेर ४ लाख १० हजार,१ रोपनी ३ आना जग्गा ४ लाखमा किनेर १९ लाख ५० हजारमा आयोजनालाई बिक्री गरेको देखिन्छ। त्यस्तै अर्का छोरा प्रल्हादको नामको २ लाख ३० हजार मूल्यको १ रोपनी १ आना ३  पैसा जग्गाको १७ लाख ७५ हजारमा बेचेको देखिन्छ। त्यस्तै उनकै नामको ९१ हजार २५० मूल्यको ९ आना २ दाम जग्गा ९१ लाख २५ हजारमा बेचेको  देखिन्छ। 

सतिशकै ५ लाख मूल्यको १ रोपनी ४ आना २ पैसा २ दाम जग्गा १६ लाख ४८ हजार ५ सयमा, ३ लाख मूल्यको १५ आना ३ पैसा जग्गा १५ लाख ७५ हजारमा, ९ लाख ७५ हजार मूल्यको ३ रोपनी २ आना १ पैसा १ दामको ५० लाख ३१ हजार २ सय ५० मा, ६ लाख मूल्यको २ रोपनी २ पैसा ३ आना जग्गा ३२ लाख ६८ लाख ७ सय ५० हजारमा, ९ लाख २५ हजार मूल्यको २ रोपनी १५ आना ३ पैसा १ दाम जग्गा ४७ लाख ८१ हजार २५० मा आयोजनालाई बिक्री गरेको देखिएको छ। 

त्यस्तै प्रल्हादको नामको ४ आना १ पैसा जग्गा २ लाख ९७ हजार ५ सयमा किनेर ४ लाख २८ हजारमा आयोजनालाई बिक्री गरेको पाइएको छ। सतिशको नामको ९ लाख ९९ लाख ९ सय ९९ मूल्यको १० रोपनी ११ आना १ पैसाको १७ लाख १४ हजार ३७५, ४ लाख मूल्यको १ रोपनी ६ आना ३ पैसा १ दाम जग्गा २३ लाख ४० हजारमा आयोजनालाई दिएको देखिएको छ। प्रल्हादको नाममा रहेको सोही गाविसको १२ आना ३ पैसा जग्गा १२ लाख ७५ हजारमा, ८ आना ३ पैसा ३ दाम जग्गा १ लाख ५० हजारमा किनेर ८ लाख ९३ हजार ७५० मा किनेको देखिएको छ। सतिशको नाममा रहेको २ रोपनी ९ आना ३ पैसा १ दाम जग्गा ५ लाख ९० हजारमा किनेर ४२ लाख ८१ हजार ५ सयमा आयोजनालाई भिडाइएको देखिएको छ। 

प्रल्हादकै नाममा रहेको १ रोपनी ३ आना १ पैसा १ दाम जग्गा ३ लाखमा किनेर १९ लाख ३१ हजार २५० मा, ७ आना १ पैसा २ दाम जग्गा ६९ हजार ५ सयमा किनेर ७ लाख ५० हजार, १ रोपनी ५ आना २ पैसा १ दाम जग्गा ३ दाम किनेर २१ लाख ५६ हजार २ सय ५० मा, १ रोपनी ५ आना ३ पैसा २ दाम जग्गा २ लाख ५ हजार ५ सयमा किनेर २२ लाखमा,१ रोपनी ७ आना ३ पैसा जग्गा ३ लाखमा किनेर २३ लाख ७५ मा, २ रोपनी १३ आना जग्गा ४ लाख ८७ हजार १ सय ५० मा किनेर ४५ लाख ३१ हजार ५ सय, १० रोपनी १ आना १ पैसा १ दाम जग्गा १७ लाख १३ हजार ४५० मा किनेर २ करोड ६० लाखमा, ६ रोपनी ८ आना ३ पैसा जग्गा १७ लाख ३७ हजारमा किनेर १ करोड ४ लाख ७५ हजारमा, ११ रोपनी ३ आना २ पैसा १ दाम जग्गा २२  लाख ५० हजारमा किनेर १ करोड ७९ लाख ५६ हजार २५० मा आयोजनालाई बेचेको अनुसन्धानमा देखिन्छ। त्यस्तै ७ आना ३ पैसा जग्गा २ लाखका किनेर ८ लाखमा, अर्को कित्ता ८ आनाका तीन वटा कित्ता जग्गा २ लाखमा किनेर ८ लाख २० हजारको दरले आयोजनालाई बेचेर एकलौटी नाफा लिएको देखिन्छ। त्यस्तै प्रल्हादले नै ५ आना १ दाम जग्गा १ लाख ५० हजारमा किनेर ५ लाखमा, त्यस्तै सतिशले पनि ५ आना १ दाम जग्गा पनि १ लाखमा किनेर ५ लाख २० हजारमा आयोजना दिएको देखिन्छ। 

यस्तै प्रल्लाहले २ रोपनी ६ आना १ दाम ३ लाख ५५ हजारमा, २  रोपनी १ पैसा २ दाममा २ लाख ४५ हजारमा, १ रोपनी १ आना २ पैसा २ दाम १ लाख ६० हजारमा र १ रोपनी १ आना २ पैसा १ दाम जग्गा पनि १ लाख ६० हजारमा किनेको जग्गाको एक मुष्ठ १ करोड ५ लाख ९ हजार आयोजनाबाट लिएको देखिएको छ। 

त्यसैगरी  गुम्बा गाविसकै ६ आना १  पैसा जग्गा २ लाख ५४ हजारमा खरिद गरेर ६ लाख २९ हजार ५ सयमा, ६ आना ३ दाम जग्गा ६६ हजार ५ सयमा किनेर ६ लाख २९ हजारमा, ८ आना १ पैसा जग्गा ८५ हजार ७ सयमा किनेर ८ लाख २८ हजारमा, त्यस्तै अर्को कित्ता ८ आना १ पैसा  ८७ हजार ७ सयमा किनेर ८ लाख २८ हजारमा, ९ आना १ पैसा १ दाम जग्गा १ लाम किनेर ९ लाख ४० हजारमा, ९ आना १ पैसा २ दाम जग्गा २ लाख ५४ हजारमा किनेर ९ 

लाख ४१ हजारमा आयोजना बेचेर मोटो रकम लिएको पाइएको छ।  तिमल्सिना परिवारले आयोजनाबाट यसरी जग्गा बेचेर एकमुष्ठ रकम लिएको अनुसन्धानमा देखिन्छ। 

उनीहरूले गुम्बा बाहेकका अन्य स्थानमा आफनो नाम जग्गा किनेर मंहगो मूल्यमा आफैं सेयर धनी रहेको आयोजनाबाट ठूलो रकम लिएको देखिन्छ। 

कारबाहीका लागि अख्तियारले लेख्यो सम्पत्ति शुद्धीकरणलाई पत्र

अख्तियारले सम्पत्ति शुद्धीकरणमा तिमल्सिनालाई कारबाही गर्न निर्देशन दिएको  छ। २०८० फागुन २९ को निर्णयअनुसार  सीतारामसहित परिवारको सम्पत्ति के, कसरी, कुन, के,  कुन स्रोतबाट आर्जन भयो र यो सम्पत्तिको स्रोत के हो ? भन्ने विषयमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन गरेको छ। आयोगले सम्पत्ति शुद्धीकरण विभागलाई पठाएको  पत्रमा तिमल्सिना परिवारको सम्पत्तिको स्रोत एकिन नभएकाले यो विषयमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ आकर्षित हुने देखिएको उल्लेख छ। पत्रमार्फत यो ऐनअनुसार कानुनबमोजिम जे जो गर्नुपर्ने हो कारबाही गर्न र सोको जानकारी अख्तियारलाई लेखी पठाउन पनि निर्देशन गरेको छ। 

राजस्व अनुसन्धान विभागलाई तिमिसिना परिवारको सम्पत्तिको विषयमा अनुसन्धान गरी कारबाही गर्न पनि अख्तियारले पत्राचार गरेको छ। सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागले  यो विषयमा अनुसन्धान गरिरहेको स्रोतले बताएको छ। 

मन्त्रालयलाई पत्राचार 

अख्तियारले तिमल्सिना परिवारले एकलौटी लाभ लिएको भन्दै आवश्यक कारबाही गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ  मन्त्रालयलाई पनि पत्राचार गरेको छ।  पत्रमा विद्युत् विकास विभागले अनुगमनमा हेल्चेक्र्याँइ गरेको उल्लेख छ। पत्रमा ‘विद्युत् विकास विभागले विद्युत् ऐन २०४९, नियमावली २०५० तगा अनुमतिसम्बन्धी निर्देशिका बमोजिम विद्युत् उत्पादन तथा प्रसारणको अनुमति दिइसकेपछि त्यस्ता आयोजनाको अनुगमन निरीक्षण तथा नियमन गर्नुपर्नेमा, त्यसो नगरेको देखिएको उल्लेख छ। सेयर सदस्यहरू ठगिनबाट रोक्न प्रभावकारी अनुगमन नियमन गर्न र कानुनविपरीत कार्य गर्नेलाई आवश्यक कारबाही गर्न ऊर्जा मन्त्रालयमार्फत विद्युत् विकास विभागलाई सुझावदेखि पठाउन पनि अख्तियारले मन्त्रालय पत्राचार गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.