विराटनगरको अवस्था सामान्य बन्दै

विराटनगरको अवस्था सामान्य बन्दै
सुन्नुहोस्

विराटनगर : दोहोरो झडपका कारण तनावग्रस्त बनेको विराटनगरको अवस्था बुधबार साँझदेखि सामान्य बन्दै गएको छ। सुरक्षा अधिकारी र स्थानीय प्रशासनको पहल एवं समन्वयमा अवस्था सामान्य बन्दै गएको हो। 

झडपका कारण विराटनगरको रानी क्षेत्र बुधबार दिउँसो निक्कै बेरसम्म तनावग्रस्त बनेको थियो। दुई पक्षको झडपमा परेर ५ जना प्रहरी र १२ वर्षीय बालक घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

रामनवमीको अवसरमा एउटा समुदायले निकालेको र्‍याली अर्को समुदायको बस्तीमा पुगेपछि तनाव सुरु भएको थियो। विराटनगर महानगरपालिका-१५ रामजानकी मन्दिर र विराटनगर-१३ नहर चोकबाट सवारीसाधनसहितको र्‍याली निकालिएको थियो। 

स्थानीय प्रशासनका अनुसार विराटनगर बजार परिक्रमा गरी र्‍याली रामजानकी मन्दिरनजिक पुगेर कोणसभामा परिणत हुने कार्यक्रम थियो। तर, रानी रोड, हनुमान मन्दिर, आइसीपी रोड, छाला फयाक्ट्री र मण्टा पोखरी हुँदै गएको र्‍यालीलाई अवरोध गर्न खोजिएपछि तनाव सुरु भएको हो। 

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार रामजानकी मन्दिर निस्कने क्रममा विराटनगर-१५ र १७ मा र्‍याली पुगेपछि अवरोध गरिएको थियो। ‘एउटा समुदायको जुलुस अर्को समुदायको बस्ती हुँदै रामजानकी मन्दिर निस्कन खोज्दा अवरोध भएको पाइयो। अवरोध गर्ने समुदायले आफूहरूको बस्तीको बाटो भएर र्‍याली ननिकाल्न भनेछन्। अलग्गै बाटो प्रयोग गरेर जुलुस निकाल्न आग्रह गरेका रहेछन्,’ उनले भने, ‘तर, जुलुसले त्यही बस्ती हुँदै जानलाई बल गरेपछि तनाव सुरु भएको हो। त्यसपछि दुई पक्षीय झडपको अवस्था उत्पन्न भयो। दुवै पक्षको हठका कारण अवस्था तनावपूर्ण बन्न गयो।’

दोहोरो झडप हुन थालेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएको प्रजिअ भट्टराईले बताए। उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास, लाट्ठी चार्ज र हवाई फायर गर्दै प्रहरीले बल प्रयोग गर्नु परेको थियो । प्रहरीले ७ राउण्ड हवाई फायर र २७ सेल अश्रुग्यास प्रहार गरेको उनको भनाइ छ।

एकअर्काको विरोधमा उत्रिएकाहरुले ढुंगामुडा गर्दै प्रदर्शन गरेका थिए। दुवै पक्ष लाट्ठी, तरबारलगायतका घरेलु हतियारसहित झडप र प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ। माहोल भड्किन नदिन ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गर्नु परेको र स्थितिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइसकेको प्रजिअ भट्टराईको भनाइ छ। 

उनका अनुसार माहोल भड्काउन र भीडलाई उत्तेजित बनाउन भूमिका खेल्ने ३ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलगायतका प्रहरी अधिकारीहरूले फिल्डमै पुगेर दुवै पक्षलाई सम्झाइबुझाइ गर्दै स्थितिलाई थप भड्किन नदिन भूमिका खेलेका थिए। एसपी कार्कीसहितका सुरक्षा अधिकारीले संयमता अपनाउँदै आवश्यक समन्वय गरेर महोल सान्त बनाएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.