केएमसीले पुतलीबजार नगरपालिकाका ४० जनाको निशुल्क शल्यक्रिया गरिदिने

केएमसीले पुतलीबजार नगरपालिकाका ४० जनाको निशुल्क शल्यक्रिया गरिदिने
सुन्नुहोस्

स्याङ्जा : सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजले पुतलीबजार नगरपालिकाका ४० जनाको निशुल्क शल्यक्रिया गरिदिने भएको छ। पुतलीबजार नगरपालिकाको आयोजना तथा काठमाडौं मेडिकल कलेजको  प्राविधिक सहयोगमा बुधवार यहाँ आयोजित निशुल्क स्वास्थ्य शिविरमा आएका मध्ये शल्यक्रिया गर्नुपर्ने देखिएका निशुल्क शल्यक्रिया गरिदिने मेडिकल सञ्चालक डा. सुनिल शर्माले जानकारी दिए। 

उनका अनुसार, ‘बैशाख १० गते सोमबार शल्यक्रिया गर्नुपर्ने सबै बिरामीलाई बोलाएका छौं। उपचारका लागि हामी आतुर छौं। जुनसुकै रोगका निदानका लागि शल्यक्रिया निशुल्क गरिदिनेछौं।’ कलेजले बिगत २५ वर्षदेखि मुलुकभरका जिल्ला जिल्लामा पुगेर निशुल्क उपचार सेवा गर्दे आएको जनाए। मेडिकल कलेज रिचर्स सेन्टरका रुपमा विकसित गरिएको उनको भनाइ छ। 

पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नगरबासीको स्वास्थ्यप्रति ध्यान दिंदै विभिन्न १० प्रकारका रोगका निशुल्क उपचार गर्नेगरी शिविर सञ्चालन गरेको  बताए। यसअघि पनि, आँखा शिबिर र मुटु शिविर सञ्चालन गरेर धेरैले निशुल्क उपचार सहित शल्यक्रियाका सेवा लाभ लिएको जानकारी गराए।

उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, कलेज सञ्चालक समिति सदस्य सुभास पोखरेल, महाप्रवन्धक नारायण दाहाल, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, नगर स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी लगायतले एकै ठाउमा बसेर धेरै किसिमका रोगका उपचार र पहिचान गर्ने अवसर पाएकोमा  शिविरबाट जोड दिए।
शिविरमा १ हजार ६५० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। ती मध्ये ४० जनाको शल्यक्रिया गर्नु परेको देखिएको हो।

हाडजोर्नी, स्त्री रोग, जनरल मेडिसिन, दन्त रोग, आखा उपचार, मुटुरोग, इसीजी, इको भिडियो एक्सरे, प्रयोगशाला सेवा लगायत औषधी निशुल्क उपलब्ध गराइएको थियो। विशेषज्ञ डा. सहित झण्डै ३५ जना चिकित्सक तथा प्राविधिक सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.