हिउँदपछि उपल्लो मुस्ताङीलाई सीमापार पास

हिउँदपछि उपल्लो मुस्ताङीलाई सीमापार पास

जोमसोम : मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसहितको कर्मचारी टोली उपल्लो मुस्ताङमा सीमापार पास वितरण गरेको छ। चीन जाने (नेचुङ-लिजी) कोरलानाकाका लागि मुस्ताङका प्रमुख जिल्ला अधिकारी पन्तले ५९८ जना नागरिकलाई शुक्रबार र शनिबारका दिन प्रस्थान अनुमतीपत्र सीमापार पास  वितरण गरेका हुन्।

कार्तिक २७ गते औपचारिक रुपमा  नेपाल-चीन कोरलानाका खुल्ला भएको हो। त्यसअघि गृह मन्त्रालयको नमूना ढाँचामा जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङको लोमाथाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकहरुलाई प्रस्थान अनुमतीपत्र सीमापार पास वितरण गरेको थियो। त्यससमय जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ गाउँपालिकामा ५७७ जना र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ३८५ जना गरी ९६२ जनालाई प्रस्थान अनुमतीपत्र सीमापार पास वितरण गरेको थियो।

हिउँदयामको मौसममा सीमानाका खुलाउन भएको र त्यसअघि सीमापार पास वितरण गरिएकाले उपल्लो मुस्ताङका धेरैजसो नागरिक चीन जाने कोरलानाकाको पास पाउनबाट वञ्चित भएका थिए।  हिउँदयामको समयमा चिसो र हिमपात छल्न बेसी झरेका नागरिकहरु जिल्लामा नहुँदा मुस्ताङ प्रशासनले सीमापास वितरण गर्न सकेको थिएन।

हिउँदयाम सकिएर गर्मीयाम सुरु भएसँगै उपल्लो मुस्ताङको पालिका र स्थानीय नागरिकहरुको माग अनुसार मुस्ताङ प्रशासनले दोश्रो चरणमा सीमापार पास वितरण गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। नेचुङ-लिजी कोरलानाकाका लागि प्रस्थान अनुमतीपत्र वितरणका लागि प्रजिअ पन्तसहितको टोली उपल्लो मुस्ताङ पुगेको थियो। टोलीले लोघेकर दामोदरकुण्ड गाउँपालिका कार्यालय चराङ र ईलाका प्रशासन कार्यालय लोमान्थाङबाट प्रस्थान अनुमतीपत्र पास वितरण गरेको हो। प्रमुख जिल्ला अधिकारी पन्तले लोघेकर दामोदरकुण्ड गाउँपालिकामा २४० जना र लोमान्थाङ गाउँपालिकामा २५८ जनालाई चीन जानका लागि सीमापार पास वितरण गरेका हुन्। योसFगै उपल्लो मुस्ताङमा पहिलो र दोश्रो चरण गरी १५ सय २० जनालाई सीमापार पास वितरण भइसकेको प्रजिअ पन्तले जानकारी दिए।

पास वितरण गर्न जिल्ला प्रशासन कार्यालयबाट प्रजिअ टोलीसहित ७ जनाको टोली उपल्लो मुस्ताङ पुगेको थियो।    

उपल्लो मुस्ताङका नागरिकका लागि नेपाल-चीन कोरलानाका यसपटक बाह्रै महिना खुल्ला गरिएको हो। त्यसअघि नेपाल-चीन कोरलानाका उपल्लो मुस्ताङीलाई बर्सेनि असार र भदौमा क्षणिक समयका लागि अल्पकालीन व्यापार मेला सञ्चालन गर्ने गरिन्थ्यो। कोरना कहरले लगातार ३ वर्षसम्म पूरै बन्द रहेको कोरलानाका यसैवर्षदेखि खुल्ला गरिएको हो। कोरलानाका बाह्रै महिना खुल्ला भएसँगै उपल्लो मुस्ताङी नागरिकलाई चिनको लिजी बजार पुगेर दैनिक उपभोग्य सामाग्री खरिद गर्न सजिलो भएको छ। 

चीनको तिब्बती बजारमा पुगेर उपल्लो मुस्ताङीले खाद्यान्न,लत्ताकपडा,कस्मेटिक सामान,किराना सामाग्री र कृषि उपकरणहरु किनेर ल्याउन सजिलो भएको छ। उपल्लो मुस्ताङीले भने कृषि उत्पादन सामाग्री,पस्मिना र यार्सागुम्बा लगायतको ब्यापार गर्छन्। नेपाल-चीन कोरलानाका कार्तिक २७ गतेदेखि खुल्ला भएसँगै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-२ छोसेरमा रहेको निष्कृय रहेको भन्सार कार्यालय पनि सञ्चालनमा छ। यो नाकाबाट घरायसी प्रयोजन बाहेक व्यवसायिक हिसाबले चिनबाट सामान आयात गर्नेलाई भन्सार कार्यालयले राजश्व संकलन गर्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.