अनुदानमा बोयर बोका वितरण

अनुदानमा बोयर बोका वितरण

रामेछाप : बाख्रा जोनको रूपमा घोषणा भएको रामेछाप जिल्लामा ५० प्रतिशत अनुदान साझेदारीमा बोयर बोका पाठी वितरण गरिएको छ। साथै दाना उत्पादन तथा कटिङ गर्न मेसिनसमेत उपलब्ध गराइएको छ। 

नेपाल सरकार प्रधानमन्त्री आधुनिकीकरण परियोजना रामेछाप र कृषि फार्म तथा समूहको ५०–५० प्रतिशत लगानी साझेदारीमा ११ बोयर बोका र एउटा पाठी वितरण गरिएको परियोजना इकाइ रामेछापका प्रमुख थीरलाल गैरेले जानकारी दिए। बर्सेनि बोयर बोका र पाठी तथा कृषि औजार अनुदान साझेदारी वितरण गर्दै आएको परियोजनाले यो वर्ष पनि किसानलाई वितरण गरेको हो। 

बाख्रा जोन भएकै कारण किसानमा बाख्राको जात र प्रकार छुट्ट्याउन सक्ने क्षमताको विकास भएको र उत्पादनमा केही वृद्धि भएको पनि उनले बताए। 

जिल्लाका धेरै स्थानमा बोयरको उत्पादन सुरु भएको र केही समयपछि जिल्ला बाहिर निर्यात गर्न सकिने पनि गैरेको भनाइ छ। वितरण कार्यक्रम बोल्दै  जिल्ला समन्वय समिति रामेछापका उपाध्यक्ष प्रेमबहादुर थापाले किसानले दायित्वबोध गर्दै अनुदानबाट प्राप्त गरेको कुरालाई वृद्धि विकास गरेर आत्मनिर्भरतर्फ उन्मुख हुन आग्रह गरेका छन्। 

यस्तै, पछिल्लो समय बोयरको माग ह्वात्तै बढेको छ। बोयर उन्नत जातको भएको र शारीरिक वृद्धि चाँडै हुने हुँदा बोयर जातका बोका पाठीमा किसानको आकर्षक पनि बढेको हो। जिल्लामा मागअनुसारको बोयर दिन नसकिएको सुनौलो बाख्रा फार्मका सञ्चालक साधुराम ढुंगेल बताउँछन्। 

किसानको माग धेरै छ सोही अनुपातमा उत्पादन सीमित भएकाले पनि मागअनुसार दिन नसकिएको उनको भनाइ छ। यस्तै जिल्लाको सुनापती गाउँपालिका– २ का अर्जुन रायमाझी भन्छन्, ‘अहिले मागअनुसार दिने हो भने आफ्नो खोर नै खाली हुन्छ।’ पछिल्लो समय बोयर पालन गरेका किसानले वार्षिक ३ लाखदेखि ५ लाख रुपैयाँसमेत आम्दानी गर्ने गरेको किसान बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.