बागमतीमा एमालेका जगन्नाथ थपलिया दोस्रोपटक अर्थमन्त्री बन्दै

बागमतीमा एमालेका जगन्नाथ थपलिया दोस्रोपटक अर्थमन्त्री बन्दै
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशमा नेकपा एमालेको तर्फबाट जगन्नाथ थपलिया अर्थमन्त्री बन्ने भएका छन्। उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज आर्थिक मामिला तथा योजना मन्त्रालयको मन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

नेकपा संसदीय दलका नेतासमेत रहेका थपलिया यसअघि २०७९ पुस २६ गते अर्थमन्त्रीको जिम्मेवारीमा थिए भने सत्तागठबन्धमा आएको परिवर्तनसँगै चैत १० गते राजीनामा दिएका थिए। सतागठबन्धनमा आएको परिवर्तनसँगै उनी पुन: अर्थ मन्त्री बन्न लागेका हुन्। उनलाई आजै सपथ ग्रहण गराउने कार्यक्रम तय भएको  एमालेका एक ससंद्ले जानकारी दिए। 

बागमतीमा रहेका १२ वटा मन्त्रालयमध्ये मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अघिल्लो सरकारमा काङ्ग्रेसले छाडेका ६ वटा मन्त्रालयमध्ये ५ वटा  मन्त्रालय एमालेलाई दिइने बताइएको छ। प्रदेश सरकारमा यसअघि हानेपाको तर्फबाट शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन्। 

हाल बागमती प्रदेश सरकारमा माओवादी केन्द्रको मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूवार्धार विकास मन्त्रालय र सामाजिक विकास गरी ४ वटा मन्त्रालय, नेकपा (एकीकृत समाजवादी) ले श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जिम्मेवारी सम्हालिरहेको छ। अन्य मन्त्री मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार बिस्वासको मत लिए लगतै नियुक्त गर्ने तयारी रहेको स्रोतले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.