गाउँमै खुले उद्योग,   कपास खेती पनि फस्टायो

गाउँमै खुले उद्योग,   कपास खेती पनि फस्टायो
सुन्नुहोस्

मुगु : परम्परागत कपास खेती गर्दै आएका जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाका स्थानीयले प्रशोधन गर्न झन्झटिलो १८ वर्ष अगाडिबाटै यो खेती छोडेका थिए । अहिले आधुनिक उपकरण औजाारका साथ गाउँमै कपास उद्योग सञ्चालनमा आएपछि पुनः कपास खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

सोरु गाउँपालिकाभरका स्थानीयले परम्परागतरूपमै कपास खेती सञ्चालन गर्दै आएका थिए । गाउँमै हाते औजारका सहायताले विभिन्न प्रकारका कपडा उत्पादन गरी  जिल्लाभित्र र छिमेकी जिल्ला हुम्लासम्म बिक्री गरी नगद र जिन्सी सामान आम्दानी गरेका भए पनि कपास प्रशोधन गर्न र आवश्यक औजार, उपकरण जुटाउन नसक्दा १८ वर्ष अगाडिबाट कपास खेती पूर्णरूपमा छोडेका थिए ।

सोरुका ९ वटै वडामा गठित १ सय २६ समूह र ११ अन्तर समूहगरी १ हजार ७९ सेयर सदस्यले १ सय हेक्टरमा ३ वर्ष यताबाट कपास खेती गर्दै आएका छन् । २०६८ सालमा स्थापित परिवर्तनशील साना किसान कृषि सहकारी संस्थाले सोही गाउँपालिका—८ तारापानीमा आधुनिक उपकरण औजारसहित उद्योग सञ्चालन गरेको छ ।

किसानले उत्पादन गरेको कपास प्रतिकेजी दुई सयका दरले उद्योगले खरिद गर्छ । प्रशोधन भएको कपासबाट निक्लिएको बीउ मागअनुसार समूहमा निःशुल्क वितरण गरिन्छ । कपासबाट राम्रै आम्दानी हुने भएकाले गाउँमा ८ देखि ९ जनासम्मको समूह निर्माण गरी सामूहिक खेती गर्दै आएको सोरु— ८ की कृषक रीतु रावलले बताइन् । कपास प्रशोधन गर्दा झन्झटिलो मान्नुका साथै गाउँमै आयातित कपडा पुग्न थालेपछि कपास खेती लोप भएको हो । अहिले गाउँमै कपास प्रशोधनदेखि कपडा बुन्ने उपकरण औजारसहित उद्योग सञ्चालनमा आएपछि कपास खेतीले व्यापकता पाएको सोही गाउँपालिका—९ का सिद्धलाल चौलागाईंले बताए । 

 यो उद्योगमा अहिले दैनिक १३ देखि १५ जना कपडा उत्पादनमा संलग्न छन् । उनीहरू सबैले यही उद्योगमा ९० दिनको तालिम प्राप्त गरेका छन् । तालिमबाट प्राप्त गरेको सीप खेर जाने चिन्ता सबैमा थियो । तालिमपश्चात् सबैले उद्योगमै रोजगारी पाएका भए पनि स्थानीय, प्रदेश र संघीय सरकारबाट कुनै खाले सहयोग नपाएको उद्योगका कामदारको गुनासो रहेको छ ।

अहिले उद्योग सञ्चालनमा आएपछि आधा दर्जनभन्दा बढी कपासबाट निर्मित कपडाका सामग्री उत्पादन हुने गरेका छन् । यहाँबाट उत्पादित सामग्री जिल्लादेखि सुर्खेत, काठमाडौंलगायत अन्यत्रबाट माग हँुदै आएको छ । उद्योगमा प्रत्यक्ष २३ जनाले रोजगारी पाएका छन् । यूएनडीपीको आर्थिक सहयोगमा १६ किलोवाट सौर्य विद्यत् उत्पादन गरी उद्योगमा दुई प्रकारका मेसिन जडान गरी प्रतिदिन १० देखि १२ क्विन्टल कपास प्रशोधन हुने भएको परिवर्तन साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष पदमबहादुर मल्लले बताए ।

गाउँमै उद्योग सञ्चालनमा आएर कपास खेतीतर्फ यहाँका कृषकहरू आकर्षित भई मनग्ये कमाउन सुरुवात गर्नै थालेका छन् । उद्योग सञ्चालन गर्न र यहाँबाट उत्पादित सामग्री बजारीकरण गर्न जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.