आगोले जलेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु
डोटी : डोटीमा आगोले जलेर घाइते एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार शिखर नगरपालिका वडा नम्बर ४ सेलपुङ्गाकी ४१ वर्षीया चन्द्रादेवी भण्डारी जंगलमा लागेको आगोले जलेर गम्भीर घाइते भएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीका अनुसार दिउँसो करिब ४ बजेतिर पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्ने क्रममा उनी जलेर घाइते भएकी थिइन् ।
भण्डारीको राजपुर स्थित सुजङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी स्थित निसर्ग अस्पतालमा लगिएको र राति १ बजेतिर अस्पतालले भण्डारीको मृत्यु भएको घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।