मुस्ताङको मार्फा खोलामा बेमौसमे बाढी

मुस्ताङको मार्फा खोलामा बेमौसमे बाढी
सुन्नुहोस्

जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा खोलामा बिहीबार दिउँसो बेमौसमे बाढी आएको छ। बर्सेनि साउन भदौमा मात्र आउने बाढी यसवर्ष चैतमै आएको हो।

बेनी-जोमसोम सडकमार्गसँग जोडिएको मार्फा स्थित राज खोलामा लेदोसहितको बाढी आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। मार्फास्थित राज खोलामा बाढी आएपछि बेनी-जोमसोम सडक ३ घण्टा अवरुद्ध बनेको थियो। 

लेदो पदार्थ र गेग्रान सहितको बाढी आएपछि  मुस्ताङ आउजाउ गर्ने लामो तथा छोटो दुरीका सवारी साधन सो स्थानको सडकमै रोकिएका थिए। बाढी आएको सूचना पाएपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसहित ३ वटै सुरक्षा निकायको टोली सडकमार्ग सहज बनाउन मार्फा पुगेका थिए। 

प्रमुख जिल्ला अधिकारी पन्तले प्रशासन,प्रहरी र स्थानीयको सहयोगमा डोजर परिचालन गरेर ३ घण्टापछि सडकमार्ग खुलाइएको जानकारी दिए। उनले बाढी आएपनि खोलाले धार परिवर्तन नगरेकाले सडक सुरु गर्न सजिलो भएको जनाए।

मुस्ताङको मार्फास्थित राज खोलामा ५ दिनअघि पनि यसरी लेदो र गेग्रान सहितको बाढी आएको थियो। त्यस समय खोलाको बहाव उच्च हुँदा बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुन पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.