व्यवसायीलाई भौतिक पूर्वाधार मन्त्री महासेठको ढाडस : पैसा अभावले योजना रोकिन्‍न

व्यवसायीलाई भौतिक पूर्वाधार मन्त्री महासेठको ढाडस : पैसा अभावले योजना रोकिन्‍न
सुन्नुहोस्

उदयपुर : उपप्रधान एवम् भौतिक पुर्वाधार मन्त्री रघुवीर महासेठले पैसा कारण योजनाका कामहरु नरोकिने बताएका छन्। नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री महासेठले अब पैसाका कारण कुनै पनि योजनाहरु नरोकिने बताएका हुन्। 

राज्यको ढुकुटी रित्तिएका कारण व्यवसायीहरुले यसअघि योजनाको काम ठप्प पारेको विषय स्वीकार गर्दै उनले एमाले सरकारमा सहभागी हुन साथ मुलुकको अर्थतन्त्रमा व्यापक सुधार हुन थालेको बताए। ‘यसअघि ठेकेदार कम्पनीले काम सम्पन्न भईसक्दा पनि भुक्तानी हुन सकेको थिएन,’ उपप्रधानमन्त्री महासेठले भने, ‘वर्तमान सरकारको चासो भौतिक पुर्वाधार निर्माणमा नै भएकाले काम गर्ने कुनै पनि व्यवसायीले भुक्तानीमा अल्झन खेप्नु पर्दैन।’

उनले देशको आर्थिक समृद्धिका लागि अहिलेको गठबन्धन सरकार भएको स्पष्ट पारे। नेकपा एमालेका केन्द्रिय कमिटीका सचिवसमेत रहेका महासेठले एमालेका कारण देश संकटबाट जोगिएको दाबी गरे। उनले मुलुकको हितका लागि जनताको भावनाअनुसार अहिलेको सत्ता समीकरण भएको स्पष्ट पारे। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.