एकै गाउँका फरार २३ जना प्रतिवादी पक्राउ

एकै गाउँका फरार २३ जना प्रतिवादी पक्राउ
सुन्नुहोस्

उदयपुर : उदयपुरमा एकैदिन २३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई पक्राउ गरेको हो। 

जिल्ला अदालतबाट फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका उनीहरूलाई पक्राउ गरी कारागार चलान गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए। 

उनका अनुसार सार्वजनिक अपराध मुद्दामा चार हजार ८०० जरिवाना तोकिएका त्रियुगा नगरपालिका १४ का औतार सिंह राई, सोही मुद्दामा चार हजार जरिवाना तोकिएकाहरू सोही ठाउँका युवराज राई, विवेक राई पक्राउ परेका हुन्। 

त्यसैगरी वन मुद्दामा ७९७ जरिवाना भएका सोही ठाउँका छविलाल मगर, लुटपाट मुद्दामा १४१ जरिवाना पाएका सोही ठाउँका यादवबहादुर राई, गाली बेइज्जती मुद्दामा १२५ जरिवाना तोकिएका यादव राई, सोही मुद्दामा ५० रुपैयाँ जरिवाना भएका वडा नम्बर १५ का चन्द्रबहादुर पुरी रहेका छन्। 

प्रहरीले गाली बैइज्जती मुद्दामा ५० जरिवाना भएका वडा नम्बर १५ का मोतिलाल पुरी, कृष्णा कुमारी पुरी, बालकुमारी पुरी, चित्रमाया पुरी, लुटपाट मुद्दामा ८७ रुपैयाँ जरिवाना भएका चन्द्रबहादुर पुरी, मोतिलाल पुरी, कृष्णाकुमारी पुरी, बालकुमारी पुरी, चित्रमाया पुरी पक्राउ परेको डीएसपी चौधरीले बताए। 

त्यसैगरी जालसाजी मुद्दामा ६२ रुपैयाँ जरिवाना तोकिएका पेशलकुमार मगर, चूडामणि  मगर, पारस मगर, शान्ता मगर, नरमाया मगर, टेकबहादुर मगर र बहुविवाह मुद्दामा ५० रुपैयाँ जरिवाना तोकिएका रेणुका मगर रहेको उनले बताए।     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.