३९ जना सुकुम्वासीलाई लालपूर्जा

३९ जना सुकुम्वासीलाई लालपूर्जा
सुन्नुहोस्

उदयपुर : राष्ट्रिय भूमि आयोग विघटनसँगै उदयपुरमा ३९ जना सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका छन्। आयोगको जिल्ला कार्यालयले बेलका र चौदण्डीगढी नगरपालिका क्षेत्रका सुकुम्वासीलाई लालपूर्जा वितरण गरेको हो।

पहिलो चरणमा २०७९ सालमा बेलका-५ का ११ परिवार र दोस्रो चरणमा आइतबार चौदण्डीगढी नगरपालिका-२ का २८ घरपरिवारले भूमिहीन सुकुम्वासी लालपूर्जा प्राप्त गरेका हुन्।

नयाँ सत्ता समीकरणसँगै आयोग गठन र विघटन भइरहने परम्पराले कुनै पनि आयोगले काम गर्न नसक्दा जनताले लालपुर्जा पाउन सकेका छैनन्। आयोगका नाममा बर्सेनि तलब भत्ता, सेवासुविधा, इन्धन खर्च करोडौ खर्च हुन्छ प्रक्रिया बढ्छ तर वितरणको सँघारमा पुगेपछि विघटन हुँदा सर्वसाधरणले पुर्जा नपाएका हुन्। 

नयाँ आयोग गठन भए पनि पुरानाले गरेको कामको स्वामित्व नलिई नयाँ ढंगले काम सुरु गर्दा समस्या यथावत् रहेको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले बताए। विगतको कामलाई निरन्तरता दिने हो भने पुर्जा पाउन असहज नहुने बताए। 

गत चैत्र ८ गतेको मन्त्रिपरिषद् बैठकले केशव पौडेल नेतृत्वको राष्ट्रिय भूमि आयोग विघटन गरेपछि भूमिहीन, दलित सुकुम्वासीले जग्गाधनी प्रमाणपुर्जा समयमा प्राप्त गर्ने कुरामा अझ शंका उत्पन्न हुँदै गर्दा नगरपालिकाले प्रक्रिया पूरा भएका २८ लालपूर्जा आइतबार वितरण गरेको हो।

उनले खटिने कर्मचारीको सेवासुविधा आयोगले नदिँदा लालपूर्जा वितरण प्रक्रियालाई चाँडो टुङ्ग्याउन आवश्यक रकम विनियोजन गरे पनि ढिलासुस्तीका कारण विनियोजित रकम समेत खर्च हुन नसकेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.