बढ्यो कफी उत्पादन

बढ्यो कफी उत्पादन
फाइल तस्बिर।
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जामा यस वर्ष गतवर्षहरूको तुलनामा कफी उत्पादनमा वृद्धि भएको छ। जिल्ला कफी सहकारी संघ स्याङ्जाका अनुसार यस वर्ष १ लाख ५० हजार किलो कफी फलेको छ। सहकारीका अध्यक्ष फणिनारायण अर्यालले गत वर्ष १६ हजार किलो कफी उत्पादन भएको थियो। 

यसवर्ष ३० हजार किलो पार्चमेन्ट कफी उत्पादन हुने अनुमान छ। कफीबाटै यसबर्ष स्याङ्जाले झन्डै २ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको छ। सुन्तला जस्तै स्याङ्जामा कफीको पनि राम्रो उत्पादन हुन्छ। 

किसानका लागि फ्रेसचेरी (बोटबाटै टिपेर ल्याएको राता दाना) को प्रतिकिलो मूल्य १ सय १३ रुपैयाँ निर्धारण गरेको छ। सहकारी संघको बैठकको निर्णयअनुसार किसानले तत्काल पाउने सय रुपैयाँमध्ये १० रुपैयाँ सहकारीमा जम्मा हुने र ३ रुपैयाँ कफी ढुवानीमा खर्च हुन्छ। 

राष्ट्रिय चिया तथा कफी बोर्डले निर्धारण गरेको मूल्यभन्दा बढी दिएर सहकारीले किसानको कफी खरिद गर्ने गर्दछ। सहकारी संघमा स्याङ्जामा ४ हजार ५ सय किसान आबद्ध छन्।

स्याङ्जामा २०५६ सालदेखि व्यावसायिक रूपमा कफी खेती सुरु गरिएको छ। करिब ३ सय हेक्टरमा कफी खेती गरिँदै छ। पाखोबारी र वनजंगलभित्र कफीको उत्पादन राम्रो हुन्छ। कफी रोपेको ३÷४ वर्षमै फल दिन्छ। कफी खेतीका लागि त्यति झन्झट हुँदैन।  यहाँको कफी जापान र नेपाल स्टेट कफी कम्पनीमार्फत झन्डै दशकदेखि निर्यात हुँदै आएको छ। केही वर्षअघि यहाँको कफी जर्मन र हाइल्याण्ड कम्पनीमा पनि पुगेको थियो। पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ नगरपालिका र फेदिखोला, आँधीखोला, बिरुवा र अर्जुनचौपारी गाउँपालिकामा कफी उत्पादन हुन्छ। कामदारका अभावमा गाउँघरका जग्गा बाँझो रहन थालेपछि पुनः कफी रोप्ने काममा स्थानीयवासीले चासो देखाएका छन्। 

स्याङ्जामा यसवर्ष कफी उत्पादन राम्रो भएको कफी व्यवस्थापक माया तिवारीले बताइन्। कफी टिप्ने, संकलन गर्ने र प्रशोधनका कामसमेत सुरु भएका छन्। सहकारीले कफी किसानलाई पायक पर्ने गरी कफी संकलन केन्द्र तोकेको छ। बजारको सुनिश्चितता र तत्कालै नगद पाउने भएपछि यहाँका किसानले कफी रोपण गर्दै आएको कफी किसान डिल्लीराम रेग्मी भन्छन्। सहकारीले पनि कफी किसानलाई प्रोत्साहित गर्न बिरुवा र प्रविधि खरिदमा अनुदान दिनुका साथै कफी किसानलाई आइपर्ने समस्यालाई  समाधान गर्दे आएको छ। पाल्पा, गुल्मी, अर्घाखाँचीमा पनि  कफी सुपरजोन परियोजना पनि लागू भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.