उदयपुरमा नेपाली ब्राण्डेड जुत्ता चप्पल महोत्सव सुरु

उदयपुरमा नेपाली ब्राण्डेड जुत्ता चप्पल महोत्सव सुरु
सुन्नुहोस्

उदयपुर : नेपाली उत्पादनमा जोड दिँदै उदयपुरको सदरमुकाम गाईघाटमा बुधबारदेखि जुत्ताचप्पल महोत्सव सुरु भएको छ।

सामूहिक नेपाली जुत्ताचप्पल बिक्री कक्ष गाईघाटले एक महिना महोत्सवको रूपमा लैजाने र त्यसपछि सर्वसाधरणलाई लक्षित गरी शोरुम सञ्चालन गर्ने गरी महोत्सवको आयोजना गरेको हो। 

महोत्सवको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले स्वदेशी उत्पादनलाई बढाउन सके विदेशी उत्पादन बजारबाट विस्थापित हुने त्यसबाट स्वदेशी उत्पादकहरु लाई राहत हुने बताए। 

उनले स्वदेशमा उत्पादित उद्योगकलकारखाना, व्यापारले रोजगारसँगै नेपालीको आर्थिक समृद्धिमा सघाउ पुग्ने बताए। उनले विदेशी बस्तु आयातले स्वदेशका आम्दानीहरू बाहिर जाने हुनाले आफ्नै देशका उत्पादनलाई साथसहयोग दिनु पर्ने धारणा व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले स्वदेशी उत्पादनलाई प्राथमिकता दिई स्वदेशी सीप परिश्रमलाई सम्मान गगरिने बताए। उनले चोरी पैठारीका सामान बजारमा ल्याउन नदिन प्रहरी सक्रिय रहेको बताए। उनले आफ्नो उत्पादन शून्य र विदेशीको मात्र मुख ताक्ने परम्पराले देश आर्थिकरुपले कमजोर भएको बताए। प्रजिअ घिमिरेले स्वदेशका उत्पादनलाई खरिदविक्री गरी सहयोग गर्ने हो भने रोजगार र आर्थिक समृद्धिमा असहज नहुने बताए। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवराज घिमिरेले विभिन्न ब्राण्डका नेपाली उत्पादनको बजार तथा व्यापार प्रवर्द्धन गर्न र नेपालमापनि उत्कृष्ट जुत्ता चप्पल उत्पादन हुन्छन भन्ने ग्राहकलाई बुझाउन, देखाउन र प्रयोग गर्न प्रोत्साहित गर्न महोत्सव आयोजना गरिएको बताए। उनले आर्थिकमन्दी र बैंकहरूमा देखिएको आर्थिक तरलता तथा अभावकाकारण देशको आर्थिक अवस्था कमजोर भएको अवश्थामा यस्ता किसिमका महोत्सवले समृद्धी हासिल गर्न सघाउ पुर्‍याउने बताए। 

पछिल्लो समय देशमा कृषि, पर्यटन, तथा अन्य उत्पादनमूलक उद्योग तथा उत्पादनका क्षेत्रहरू धमाधम बन्द हुँदै जाँदा आर्थिक संकटले उद्योगीहरू पलायन र आत्महत्याको बाटो रोज्न बाध्य हुँदासमेत राज्यले व्यापारीलाई प्रोत्साहन पुग्ने कार्यक्रम ल्याउन नसकेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.