मोरङमा हात्तीको आक्रमणबाट दुईजना घाइते

मोरङमा हात्तीको आक्रमणबाट दुईजना घाइते
फाइल तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङमा जंगली हात्तीको आक्रमणबाट आइतबार साँझ दुईजना घाइते भएका छन् । हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

उनका अनुसार घाँस काट्न शिवम् साझेदारी वन गएका बेला जंगलमा जम्काभेट हुँदा श्रेष्ठ र रायलाई साँझ ५ बजेतिर हात्तीले आक्रमण गरेको हो । हात्तीले श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार जंगली हात्ती १५/२० वटाको संख्यामा देखा परेका थिए । 

त्योमध्ये एउटा हात्तीले आक्रमण गरेको हो । घटनापछि हात्तीको बथान जंगलतर्फ लागेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.